वि.सं. २०७३ साल असोज १७ गते। सोमबार। इश्वी सन् २०१६ अक्टोबर ३ तारिख। नेपाल संवत् ११३६ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया, ७:४५ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग जुटाउलान्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। सहपाठीहरूलाई पछि पार्दै अवसर हात पार्न सकिनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापारमा मनग्य धनलाभ हुनेछ। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अधैर्य व्यवहारले समस्या निम्त्याउला। तर बोलीमा संयम रहन सक्दा दोहोरो लाभ मिल्न सक्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पठन–पाठनमा प्रगति हुनेछ। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अरूलाई आकर्षित तुल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा फाइदा हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। तापनि, मेहनत गर्दा विशेष जिम्मेवारी पाइनेछ। प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) तत्काल फाइदा उठाउन मुस्किलै पर्ने देखिन्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य नपाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। (नेपाली पात्रो)