श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ आश्विन १४ गते शुक्रबार ३० सेप्टेम्बर २०१६ सौम्यनाम संवत्सर दक्षिणायनं शरद ऋतु आश्विन कृष्ण पक्षको औंसी तिथि २८।२३ बजेसम्म उप्रान्त प्रतिपदा नक्षत्र उत्तर फाल्गुनी २१।२६ बजेसम्म उप्रान्त हस्त चन्द्रमा राशि कन्या सूर्योदय ५/५६ सूर्यास्त ५/५० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):पराक्रम बढ्नेछ । घुमफिर र मनोरञ्जनमा समय बित्नेछ । वैदेशिक यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय सामान्य खालको छ । आम्दानीको तुलनामा खर्च वृद्धि हुनेछ । काम गर्ने जोशजाँगरमा कमी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): पारिवारिक काममा समय बित्नेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरुसित रमाइलो भेटघाट होला । मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :प्रियजनसँगको निकटता बढ्नेछ । काम गरेअनुसार समाजमा मान–सम्मान पाइएला । फलदायी यात्राको सुवर्ण अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):समय सामान्य खालको छ । शिर तथा आँखा सम्बन्धी समस्या आइपर्ला । तीर्थयात्रा हुन सक्छ । संयमित रहनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय उत्तम खालको छ । मिष्ठान्न भोजनको अवसर आउला । पुराना साथीभाइ रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय मध्यम खालको छ । धन सम्पत्तिको विषयमा वादविवाद होला । घरपरिवारबाट अलग्गिएर बस्नुपर्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):समय राम्रो छ । आफन्त तथा मित्रजनको सहयोग राम्रो रहला । घरमा अतिथि आगमन हुनेछन् । मन प्रफुल्ल रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):परोकार तथा समाजसेवामा रुचि बढ्ला । नयाँ रोजगारीको अवसर आउला । मित्रजनको उचित सहयोग प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):समय सामान्य खालको छ । स्त्री कलह
पारिवारिक समस्याको सामना गर्नुपर्ला । अध्ययन–अध्यापनमा बाधा आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय सामान्य खालको छ । आनन्दको अनुभूति होला । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला ।
f समय उत्तम खालको छ । परिवार तथा राज्यबाट आदर–सम्मान मिल्ला । कार्य व्यवसायमा रुचि बढ्नेछ ।