Trending Tags

खाडी

    Showing १-१० of ६५५ items.
  • वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

    वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो ।कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँद

    • प्रकाशित मितिः चैत्र २५, २०७८
    • १६० पटक पढिएको
    • रासस
  • कोरोना महामारीमै विदेश जाँदै युवा

    कर्णाली। विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन। कतिपय मुलुक त बन्दाबन्दीमै छन्।नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ।कोरोना महामारी शुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन्। तीमध्ये ४९२ ले द्रुत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ।कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताए।‘कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो। गाउँघरमै रोजगारीको भरप

    • प्रकाशित मितिः फाल्गुन ६, २०७७
    • ६०७ पटक पढिएको
    • रासस
  • ‘घर बनाएर विवाह गर्छु’ भन्दै मलेसिया गएका रामकुमारको शव आयो

    विराटनगर । मोरङको कटहरी गाउँपालिका – ७ का २६ वर्षिय रामकुमार मुडियारी तीन वर्ष अघि रोजगारको लागि मलेसिया गएका थिए । विदेशमा कमाएको पैसाले पक्की घर बनाउने र विवाह गर्ने सपना देखेर गएका उनको सपना त पुरा भएन, जीवनै समाप्त भयाे ।वैदेशिक रोजगारको  अवधि सकिएपछि उनी घरफर्कने बेलामा लकडाउन भयो । सरकारले थपेको  ६ महिनाको  भिसा अबधिमा पनि उनी घर फर्कन सफल भएनन । घर फर्कन पटक पटक प्रयास गर्दा पनि असफल भएका रामकुमारले विक्षिप्त अवस्थामा कम्पनीमै आत्महत्या गरेर ज्यान गुमाएको परिवारकोे भनाई छ ।‘पैसा कमाएर घर बनाएर विवाह गर्छु भनेको छोराको शवको बाकस आइपुग्यो,’ छोराको काजकिरयामा बसेका रामकुमारक

    • प्रकाशित मितिः माघ १२, २०७७
    • ७५३ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • वैदेशिक रोजगारमा ठगी धन्दाको अर्को नमूना

    दमक/ कपडाको फिक्का निलो रङको पाइण्ट र कालो रङको ज्याकेट लगाएका हेर्दा करिब २१–२२ वर्षका जस्ता देखिने युवा विदेश जाँदा ठगिए भन्दै न्यायको खोजीमा भौंतारिइरहेका छन् । मासिक राम्रै कमाइ हुने आशामा माल्दिभ्स जाने तयारी गर्दै गर्दा उनी ठगिएका हुन् । उनले पटक–पटक गरेर ऐजण्टलाई ३ लाख रुपैयाँ दिए र तर त्यसको बदलामा न उनी माल्दिभ्स जान पाए, न त अन्य कुनै देश । उनले पाए त केवल नक्कली भिसा र टिकट । झापा गौरादह–२ का सवनलाल ताजपुरियाले झण्डै एक वर्षअघि पैसा कमाउन विदेश जाने योजना बनाएर म्यानपावर धाएका थिए । गौरादहबाट विर्तामोडका विभिन्न म्यानपावर कम्पनीहरूमा धाउने क्रममा भद्रपुर–७ म

    • प्रकाशित मितिः माघ ६, २०७६
    • १,००० पटक पढिएको
    • भूमिराज पराजुली
  • अवैध बाटोबाट विदेश जाने तीन महिलाको उद्धार

    विराटनगर । अवैध बाटो रोजेर विदेश हिडेका तीन जना महिलाकोे उद्धार गरिएको छ । भारत हुदै अवैध रूपमा कुवेत जान हिडेका तीन जना महिलाको उद्धार गरिएको हो । दलालको फन्दामा परि आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिडेका ती मलिहाहरूको उद्धार विराटनगरस्थित २ नम्बर डाटबाट मंगलबार साना हातहरू नेपाल नामक संस्थाले गरेको हो । दलालको निर्देशन बमोजिम ती महिलाहरू जोगवनीमा सरसामन किन्ने बहना बनाएर हिडेका थिए । उनीहरूको साथमा तेल हाल्ने ड्रम पनि थियो । तेल किन्ने बहना बनाएर साथमा ड्रम बोकेर हिडिएका थिए । ‘सोधपुछको क्रममा दलालको फन्दमा परि विदेश हिडेको खुल्यो,’ साना हातहरू नेपाल विराटनगरका स्टेशन

    • प्रकाशित मितिः भदौ २६, २०७६
    • १,०३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जापान लाने भन्दै लाखाैं ठगी

    इटहरी/ जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै एक युुवा इटहरी आसपासका सर्वसाधारणहरूबाट रकम लिएर फरार भएका छन् । उनी जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै इटहरी–५ का स्थानीयबाट ठगी गरी फरार भएका हुन् ।    बिर्तामोडका निलमणि अधिकारीले जापान लान्छु, राम्रो कमाइ हुन्छ भन्दै ठगी गरेको पीडितहरूले बताएका छन् । जापानमा काम गर्ने वातावरण मिलाउँछु भनेर १ लाख २० हजार ठगेको इटहरी–५ का चूडामणि गेलालले बताए । ‘अधिकारीले महिनाको अढाई लाख कमाइ हुन्छ, जापानमा मेरो आफ्नो मान्छे छ, त्यहाँ पठाउँछु भनेका थिए । जाने बेलामा १२ लाख दिने सहमति भएको थियो’–पीडित गेलालले भन

    • प्रकाशित मितिः फाल्गुन १०, २०७५
    • १,१९१ पटक पढिएको
    • धनबहादुर पुरी 
  • विदेशबाट आएकाहरू भन्छन् : बेरोजगार भइयो

    इटहरी/लामो समयसम्म विदेशमा रोजगारी गरेर आफ्नै देश फर्किएकाहरू स्वदेशमा बेरोजगार हुनु परेको गुनासो गरेका छन् । विदेशमा परिश्रम गरेर केही समय आयआर्जन गरे पनि घर फर्किंदा बेरोजगार हुनु परेको उनीहरूको गुनासो छ । विदेशी सीपलाई आफ्नो देशमा कार्यान्वयन गर्ने वातावरण नभएको भन्दै उनीहरूले विदेशिनुको विकल्प नभएको गुनासो गरे । कतारबाट फर्केर आएका रिटर्नी माइग्रेण्ड नेपाल मोरङका अध्यक्ष राजु भट्टराईले भने, ‘विदेशमा सिकेको सीप यहाँ देखाउन चाहान्छौं तर वातावरण बनेन ।’ राज्यले नखोज्दा विदेशबाट आएकाहरू समस्यामा पर्दैै आएको बताउँछन् । ‘यहाँ आएर काम गर्ने वातावरण समेत छैन त्यो वातावरण सरकारी

    • प्रकाशित मितिः फाल्गुन ३, २०७५
    • ६३४ पटक पढिएको
    • धनबहादुर पुरी
  • मलेसिया खुल्यो: मलेसियन दूतावासले भिसा दिएका २० जना उडे

    धरान – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियन दूतावासबाट भिसा पाएका कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार वैदेशिक रोजगार विभागले काठमाडौंस्थित मलेसियन दूतावासले राहदानी लिई भिसा उपलब्ध गराएपछि २० जनाले वैदेशिक रोजगारबाट श्रमस्वीकृति लिएका छन् । मलेसियासँगको श्रम सम्झौतापछि पहिलो पटक २० जना नेपाली कामदारले मलेसिया जाने अनुमति पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाईंले बताए । अब विभागले दूतावासले नामावली पठाए श्रमस्वीकृति दिनेछ । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच द्विपक्षीय श्रमसम्झौता भएको थियो । गत जेठ २ गतेदेखि मलेसिया

    • प्रकाशित मितिः माघ ७, २०७५
    • १,३५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन छ महीना मैदान बाहिरै

    काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।  दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए । सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । 

    • प्रकाशित मितिः पुष ७, २०७५
    • ६३१ पटक पढिएको
    • रासस
  • नेपाली संगीत क्षेत्रमा दीप श्रेष्ठको पचास वर्ष

    ब्लाष्टखबर । धरान नेपाली संगीत क्षेत्रका सम्मानीय तथा लोकप्रिय गायक दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हङकङले दीप श्रेष्ठ स्वर्णिम साँझ २०१८ आगामी डिसेम्बर ३० तारिकका दिन हङकङको यामुताई कम्युनिटी हलमा आयोजना गर्ने भएको छ । बुधबार हङकङस्थित हङकङ नेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्लबहङकङकी अध्यक्ष रिता गुरुङले भव्य रुपमा आयोजना हुने कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूहसहित आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर आफ्नो ५० औं सांगीतिक उत्सव हङकङवासी नेपालीहरूमाझ प्रस्तुत गर्नेछन् । पूर्वी नेपालको धरानका स्थायी बास

    • प्रकाशित मितिः कार्तिक २९, २०७५
    • ८७५ पटक पढिएको
    • blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved