एसिया

    Showing ६१-७० of ४५३ items.
  • साकेलामा माझिलाई घर उपहार

    पानवारी । किरातीहरुको महान् चाड साकेला उभौलीको अवसरमा धरान–११ का ज्ञानबहादुर माझीलाई घर उपहार दिइएको छ । साकेला उभौलीको अवसरमा पत्रिकार बेचेर गुजारा गर्दै आएका माझीलाई धरान उपमानगरपालिकाका मेयर तारा सुब्बाले सोमबार घरको चाबि हस्तान्तरण गर्दै घर उपहार दिएका हुन् । सुब्बाले चाबी हस्तान्तरण गर्दै गर्दा धरान वडा नम्बर १७ नं.का वडाध्यक्ष मनोज भट्टराईले ढोल बताएका थिए भने १७ नम्बर वडाका वडाध्यक्ष प्रविण राई र किरात राई यायोक्खा सुनसरीका सदस्य एवं सञ्चारकर्मी उपेन्द्र चाम्लिङले झ्याम्टा बजाएका थिए । माझीको घर बनाउन गएको तिहारमा पत्रकारहरुले देउसी खेलेर संकलन गरेको रकम बीउ पुजीको रुपमा राखेर अन्य

    • प्रकाशित मितिः बैशाख १८, २०७५
    • ४७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल बन्धुको कुल पूजमा चार सम्मानित

    भद्रपुर । नेपाल बन्धुहरुले आयोजना गरेको कुलपुजामा विविध कार्यक्रमसहित चार जनालाई सम्मान गरिएको छ । नेपाल कुलबशं पूजा प्रतिष्ठान चन्द्रगढी झापाले सोमबार भद्रपुर १० मा देवाली पूजा तथा सम्मान कार्यक्रम अन्तर्गत संस्थागत अध्यक्ष,जेष्ठ नागरिक र सन्ततीका छोरा छोरीलाई सम्मान गरिएको हो । समितिले जेष्ठ नागरिकमा प्रतिष्ठानका अध्यक्ष भद्रपूर १० का डिल्लीरमण नेपाल र अर्जुनधारा नगरपालिकाका दिव्यराज नेपाललाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरि २०७४ को एसइइमा ३ दशमलव ६० प्रतीशत अङ्क ल्याई वन्धु उत्कृष्ट भएका भद्रपुरका छात्र सुलभ र ३ दशमलव ३५ प्रतिशत अङ्क ल्याउने भद्रपुरकै कामना नेपाललाई ११सय नगद स

    • प्रकाशित मितिः बैशाख १८, २०७५
    • ४५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरातीहरुको महान् चाड उभौली सुरु

    [caption id="attachment_81357" align="aligncenter" width="960"] तस्विर: उपेन्द्र चाम्लिङ[/caption] पानवारी/ किरातीहरुको महान् चाड उभौली सोमबारदेखि सुरु भएको छ । बैशाखी पुर्णीमाको दिनदेखि सुरु हुने उभौली पर्व धरान–१४ स्थित हाङ बुद्धिकर्णको दरबार परिसरमा साकेला सिली नाचेर सुरु भएको छ । किरातीहरुको महान् चाडको रुपमा रहेको उभौली सुनसरीका विभिन्न स्थानमा साकेला सिली नाच्ने गरिन्छ । सुनसरीमा आयोजना हुने ‘साकेला सिली नाचहरु स्थानीय किरात राई यायोक्खाको प्रारम्भिक कार्य समितिले व्यवस्थापन गर्ने’ यस अघि यायोक्खा सुनसरीले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सोमबारदेखि सुरु भएको साकेला सिलि

    • प्रकाशित मितिः बैशाख १७, २०७५
    • ८३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज बुद्ध जयन्ती र उभौली पर्व

    आज बुद्ध जयन्ती तथा उभौली पर्व । बुद्ध जयन्ती तथा उभौलीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।शान्तिदुत गौतम बुद्धको सम्झनामा देशै भरि बुद्ध जयन्ती विबिध कार्यक्रम गरेर मनााईन्छ भने उभौली (साकेला) किराती हरुले धुमधामका साथ बनाउछन् ।यसै विषयमा हाम्रोपात्रोका लागि सुयोग ढकालले तयार पारेको यो सामाग्रि हामीले प्रस्तुत गरेका छौ । बुद्ध जयन्ती बुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । यस्ता महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार श्रजना गरेका भन्ने

    • प्रकाशित मितिः बैशाख १७, २०७५
    • ९१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बिहेमा गाउँ नै दाइजो !

    गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो । गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ । त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि प्रश्नको उत्तर दिने प्रचलन छ । गाउँखाने कथामा जस्तै पर्साको एउटा गाउँका बासिन्दाले वास्तविक जीवनमै एउटा गाउँ दिएका छन् । तर यहाँ गाउँखाने कथा सोध्नेलाई गाउँ दिइएको होइन, विवाहमा छोरी–ज्वाइँलाई गाउँ नै दाइजो दिइएको हो । पर्साको बहुदरमाई नगरपालिका–७ मा बहिनी नैना डोमको बिहे हुँदा उनलाई दाइजोमा गाउँ दिइएको उनका दाजु लक्ष्मी बताउँछन् । उनी भन्छन्, ‘बिहे गर्दा दाइजो दिन बुबासँग पैसा नभएकाले दाइजोमा गा

    • प्रकाशित मितिः बैशाख १७, २०७५
    • ६२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरात प्रदेशको मागमा केही संशय

    सङ्क्षिप्त इतिहासः अरूण नदी र सप्तकोशी नदीपूर्व टिष्टा नदीसम्म, उत्तरमा तिब्बत सिमाना, दक्षिणमा भारतको जलालगढ (जोगबनीबाट ६५ किमि दक्षिण), पश्चिममा कमला नदी र चौदण्डी, यी चार किल्लाभित्रको भू–भाग दश याक्थुम्बाहरूको अधीनमा भएको इतिहासविद् इमानसिंह चेम्जोङद्वारा लिखित ‘किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ ले प्रष्ट पारेको छ । साथै, अङ्ग्रेज र फ्रान्सेली इतिहासकारहरू (जस्तैः हेमिल्टन, हड्सन, पर्सिभल, ई–गानलगायत भारतीय इतिहासविद् एच.सी.रोय चौधरी) ले पनि उक्त भूमि याक्थुम्बाहरूको भएको उल्लेख गरेका छन् । यो भूभाग १८३१-४-२२ मा मोरङ साम्राज्यको राजधानी विजयपुरमा भएको ऐतिहासिक सन्धिपछि गोर्खा राज्यम

    • प्रकाशित मितिः बैशाख ११, २०७५
    • १,४५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज राति उल्का वर्षा अवलोकन गर्न पाइने

    काठमाडौं । मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । नासोका अध्यक्ष सुरेश भट्टराईले दिएको जानकारीअनुसार, आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको अवलोकन गर्न पाइने छ । वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय छ । यो वैशाख १२ गतेसम्म सक्रिय रहनेछ । उल्का वर्षा के हो ? किन हुन्छ ? थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा आज राति उल्का वर्षा देखिन्छ । थ्याचर पुछ्रेत

    • प्रकाशित मितिः बैशाख ९, २०७५
    • ५०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेरी भाउजू र नागा बाबा

    म पत्रकार, रुढीवादी परम्परा पटक्कै मन पराउँदिन । मेरो आदर्शले सामाजिक व्यवहारमा बाँधिन समय लाग्यो । बिहे पनि उमेर ढल्केपछि भयो । बिहे गरेको वर्ष दिन नपुग्दै श्रीमती कहिले टाउको दुख्यो त कहिले कम्मर दुख्यो भन्न थालिन् । कहिलेकाहीँ पिठिउँको र पेटको पनि चुक्ली लगाउँथिन् । सिकिस्तै नभए पनि स्वस्थ भने कहिल्यै नहुने ! नाम चाहिँ गोरी, छालाको रङले जुराएको । अनुहार भने जहिल्यै अँधेरो बनाइराख्ने । अस्पताल लिएर गएँ । डाक्टरहरूले सोध्दा कहिलेकाहीँ घुँडा पनि दुख्छन् भन्न पछि परिनन् । गोरी नेताकी छोरी ! ठूला कुरा सुन्दासुन्दा ठूलै बात मार्ने बानी बसिसकेको रहेछ । अबका डाक्टरहरूलाई धामी जैसीको जस्तो मान्छेको

    • प्रकाशित मितिः बैशाख ८, २०७५
    • ६९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज अक्षय तृतीया, शुभकर्मका लागि हेरिरहनुपर्दैन साइत

    काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। जौको सातु र सर्वत दान गरेर र खाएर मनाइँदैछ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ। अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ। यो दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती मनाइन्छ। यो दिन विशेषगरी पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ। उष्ण समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ। यस्ता पदार्थ दान गर्दा

    • प्रकाशित मितिः बैशाख ५, २०७५
    • ६४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मातातीर्थ, जात्री, सिरुवा सँगसँगै

    मोरङ/ मातातीर्थ औंशीका अवसरमा सोमवार मोरङ र झापामा विभिन्न कार्यक्रम भएका छन् । मोरङ पथरीशनिश्चरे १ स्थित शालिग्राम भजन किर्तन मण्डलीको आयोजनामा नगरका ७० वर्षमाथिका १ सय २० जना ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ । नगरपालिका प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँहरुलाई दोसल्ला ओढाएर तथा खाना खुवाएर सम्मानित गरिएको संस्थाका अध्यक्ष दुर्गावहादुर वस्नेतले जनाए । संस्थाले विगत ४ वर्षदेखि मातातीर्थ औंशीका अवसरमा यसखाले कार्यक्रम गर्दै आएको छ । यसैगरी, सोही अवसर पारेर झापाको शनिअर्जुन १० स्थित कालिझोडामा महिलाहरुको स्वास्थ्य परीक्षण तथा ज्येष्ठ माताहरुलाई सम्मान गरिएको

    • प्रकाशित मितिः बैशाख ३, २०७५
    • ४४२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved