Trending Tags

अपराध

    Showing १२१-१३० of २,९३६ items.
  • डाक्टर कुट्ने तरूण दल मोरङका कोषाध्यक्ष १० हजार धरौटीमा रिहा

    विराटनगर । डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल भन्ने लक्ष्मीप्रसाद रिजाल धरौटीमा छुटेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजालासले रिजाललाई बिहीबार १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारीले तोकेको धरौटी रकम बुझाएपछि रिजाल रिहा भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाँटी रोग विशेष डा. मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेका थिए । रिजालले चिकित्सक बस्नेतलाई १५ पुसमा राती साढे ८ बजे निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट बस्नेत

    • प्रकाशित मितिः माघ २२, २०७७
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरौटीमा छुटे रेडक्रस सभापति मण्डल

    विराटनगर । ठगी आरोपमा पक्राउ परेका मोरङको रंगेली रेडक्रस सोसाइटीका सभापति तथा पूर्वशिक्षक विनोद मण्डल धरौटीमा छुटेका छन् । मिटरब्याजको धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका रंगेली नगरपालिका–६ मधुवनी घर भएका ५५ वर्षीय मण्डल १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजालासले मण्डललाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी रकम बुझाएर मण्डल छुटेको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । गैरकानूनी मानिएको मिटरब्याजमा ८ लाख रूपैयाँ ऋण दिएर ७५ लाख रूपैयाँ असुल्न खोज्दा उनी फक्राउ परेका थिए । शिक्षक मण्डल रंगेलीस्

    • प्रकाशित मितिः माघ २२, २०७७
    • २७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उर्लाबारीबाट १८५ राउण्ड गाेली बरामद

    ब्लाष्टखबर । उर्लाबारी  नगरपालिका १ मा हतियारमा प्रयाेग हुने १८५ राउण्ड गाेली  बरामद भएकाे छ । नगरपालिकाकाे १ नम्बर वडा स्थित लक्ष्मीझारमा रहकाे लबहादुर लिम्बुको कुखुराकाे खाेर नजिकैबाट जमिन मुनी गाडेका अवस्थामा  ७.६२ एमएमकाे १८५ राउण्ड गोली वरामद भएको  जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ । कार्यालयका अनुसार  स्थानिय काम गर्ने मजदुर भक्तबहादुर सुबेदीले खन्ने क्रममा प्लाष्टिककाे पाेका फेलापारेकाे र खाेलेर हेर्दा गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए । खिया लागेकाे अवस्थामा रहेका उक्त गाेली द्वन्दकालकाे बेलामा लुकाएकाे हुन सक्ने कार्यालयले बताएकाे छ ।

    • प्रकाशित मितिः माघ २२, २०७७
    • १६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘ब्यारिकेट’ भत्काउँदै भागेको स्कारपियोमा भेटियो अढाई क्विन्टल गाँजा

    इनरुवा । प्रहरीको चेक पोइन्ट र ब्यारिकेट छल्दै भागेको स्कारपियोबाट सुनसरी प्रहरीले २ सय ५० किलो गाँजा बरामद गरेको छ ।प्रहरी टोलीले सुनसरीको इनरुवाबाट सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले इनरुवाको बलाहा नहर क्षेत्रबाट गाँजाका बोरा लोड गरिएको स्कारपियो नियन्त्रणमा लिएको थियो ।प्रहरीले को १ च ९८५२ नम्बरको स्कारपियोबाट २ सय ५० किलो गाँजा सहित दुई थान खुकुरी र १ लाख ५४ हजार नगद बरामद गरेको जनाएको छ ।गाँजा सहित प्रहरीले भोजपुर हतुवागढी ९ का अर्जुन खड्का र धरान १ का ज्याक्सन श्रेष्ठ पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका व्यक्ति सहित बरामद सामग्री प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।प

    • प्रकाशित मितिः माघ २१, २०७७
    • १,४८० पटक पढिएको
    • अमर काफ्ले
  • झापाका नेकपा नेता पुरी विरुद्ध विशेष अदालतमा मुद्धा दायर

    धरान । दमकको बालुवाटारस्थित सरकारी जग्गा हडपेको आरोपमा नेकपा झापाका नेता रेवतराज पुरी ‘गगन’ विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ ।झापाको दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरी सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको हो । मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ । विभागले गत मंसिर ९ गते उनलाई पक्राउ गरेर अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको थियो ।पुरीले सरकारी जग्गा हडपेर १२ करोड १३ ल

    • प्रकाशित मितिः माघ २१, २०७७
    • २३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

    भद्रपुर । झापाको भद्रपुरमा ससुराले आफ्नै बुहारीलाई बलात्कार गरेको घटना बाहिर आएको छ । ससुराले जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।भद्रपुर नगरपालिका–६ का २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।ससुराले माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई करणी गरेको भनी पीडित महिलाले प्रहरीमा जाहेरी दिएको उनले जनाए ।  वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीतलाई सोमबार बेलुका घरबाटै पक्राउ गरी प्रहरी कार्यालय झापा पठाएको छ ।  जाहेरीको आधारमा प्रहरीले ससु

    • प्रकाशित मितिः माघ २०, २०७७
    • ५५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिटरब्याजी मन्टु जेल चलान

    विराटनगर । मिटरब्याजको धन्दा चलाएर सर्वसाधारणबाट करोडौं असुलेको आरोपमा पक्राउ परेका विराटनगर – ९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार पूर्पक्षको लागि जेल चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजालासले सोमबार मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि मन्टु पुर्पक्षको लागि विराटनगर कारागार चलान भएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । अवैध मानिएको मिटरब्याजमा लगानी गरि मन्टुले मोरङका १७ जना सर्वसाधारणबाट करोडौं रुपैयाँ असुली गरेपछि उनी विरूद्ध ‘ठगी’ र अपराधिक लाभ लिएको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ३६१ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • ‘फर्मुला’ प्रयोग गर्दै लागूऔषध प्रयोगकर्ता

    विजयपुर। लागूऔषध प्रयोगकर्ताहरूले ‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बनाउने गरेको सुनिँदै आए पनि औषधि पसलका सञ्चालक पक्राउ पर्नुले यसबारे पुष्टि हुन थालेको छ । पुस १३ गते धरान–१५ सदन रोडबाट मुसरत मेडिकल हलका सञ्चालक सौजात आलम प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा पक्राउ परेका थिए । असार २५ गते प्रतिबन्धित औषधिको अनुचित प्रयोग र बिक्री गरेको आरोपमा धरान–७ स्थित सुमन मेडिकलका सञ्चालक विनयकुमार गुरुङसहित प्रयोगकर्ता पनि पक्राउ परेका थिए । उनीहरूलाई विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको थियो । यसबाटै पछिल्लो समय लागूऔषध प्रयोगकर्ताले ‘फर्मुला’ प्रयोग गर्न

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ७२२ पटक पढिएको
    • खिलानाथ विक
  • समाचार प्रभाव: १५ ठेली चिठ्ठा सहित भारतीय युवा भद्रपुरमा पक्राउ

    भद्रपुर / सञ्चारमाध्याममा भारतीय चिठ्ठाको विषयमा समाचार सार्वजनिक भएपछि जनपथ प्रहरीले चासो देखाएको छ । प्रहरीकै संरक्षणमा भारतीय चिठ्ठा सञ्चालन शिर्षकमा आइतबार ब्लाष्ट टाइम्स दैनिकमा र र्दुइदिन अघि ब्लाष्ट खबर डटकममा समाचार सार्वजनिक भएको थियो । सोही समाचारलाइ लिएर झापा प्रहरीले सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गरि आइतबार विहान ११ बजे भद्रपुर ५ बसपार्कबाट चिठ्ठा बेचिरहेको अवस्थामा प्रहरीले चिठ्ठासहित एक भारतीय युवकलाइ नियन्त्रणमा लिएको हो । भारत बङ्गाल डाँगीजोत बस्ने २२ वर्षिय मोहमद समिर नाम बताउने व्यत्तिलाइ नियन्त्रणमा लिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए । उनको साथबाट ४ ह

    • प्रकाशित मितिः माघ १८, २०७७
    • १३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किशाेरी बलात्कार गर्ने ३ जना पक्राउ

    ब्लाष्टखबर । किराेशी बलात्कार गरेकाे अहभियाेगमा कैलालीमा २ जना  पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्की नगरपालीका १ का २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथाेकी रहेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएकाे छ । कार्यालयका अनुसार  १७ वर्षीय एक किशाेरीलाई उनिहरूसहित अर्का एक जना गरी ३ जनाले करणी गरेकाे सुचना प्रप्त भएकाेले उनिहरूलाई पक्राउ गरीएकाे हाे । बलात्कारमा संलग्न अर्का उए कृषण राउत भने फरार रहकाेले खाेजी कार्य भइरहेकाे कार्यालयले जनाएकाे छ ।

    • प्रकाशित मितिः माघ १८, २०७७
    • २२७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved