अपराध

    Showing १०१-११० of २,१८९ items.
  • बालिकामाथि यौन शोषण शिक्षकसहित चार जना थुनामा

    धनकुटा/ धनकुटाकी १३ वर्षीया दलित बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका एक शिक्षकसहित चार जना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । पुर्पक्षका लागि थुनामा परेकाहरू दलित बालिकालाई लामो समयदेखि यौन शोषण गरेको आरोपमा वैशाख २७ गते शनिबार पक्राउ परेका थिए । जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरूलाई जिल्ला अदालत धनकुटामा गत बिहीबार भएको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको अदालत स्रोतले जनाएको छ । अदालतमा भएको थुनछेक बहसमा प्रतिवादीहरूले आ–आफ्नो कानून व्यवसायीमार्फत् बहस प

    • प्रकाशित मितिः असार ३, २०७७
    • १,११२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाबुको हत्या आरोपमा दुई छोरा जेल चलान

    विराटनगर/ विराटनगर–१४ झटियाहीमा बाबुको हत्या आरोपमा पक्राउ परेका दुई जना छोरालाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजलासले विराटनगर–१४ झटियाहीका २१ वर्षीय मुन्ना भनिने रोहित र १९ वर्षीय नागेन्द्र चौहानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । जेठा छोरा मुन्ना र माइला छोरा नागेन्द्रले फरुवा प्रहार गरी ६९ वर्षीय सत्यराम चौहानको जेठ ३ गते राति हत्या गरेपछि आफ्नै घरभित्र गाडिएको अवस्थामा जेठ ७ गते साँझ शव फेला परेको थियो । प्रहरीले सोही दिन दुवै छोरालाई पक्राउ गरी अनुसन्धानको क्रममा मदिरा सेवन गरी बाबुको हत्य

    • प्रकाशित मितिः असार ३, २०७७
    • २४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • टिपरको ठक्करबाट बेलबारीका एक युवाको मृत्यु

    लक्ष्मीमार्ग / मोरङको बेलबारी स्थित लोहन्द्रा खोलाको पुलमा सोमबार राती टिपरको ठक्करबाट एक जना युवाको ज्यान गएको छ । मोटरसाइकलमा सवार बेलबारी १ का २९ बर्षीय अनिल धिमाललाई को १ क ३२५० नम्बरको टिपरले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको हो । टिपरले ठक्कर दिदा धिमाल घाइते भएको र उनको उपचारको क्रममा नोवेल मेडिकल कलेज बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले बताए । टिपर र चालक भने प्रहरी नियन्त्रणमा रहेका छन । मंगलबार मृतकका परिवार तथा आफन्तहरुले बिहानै देखि टिपरहरु आवतजावत बन्द गराएका थिए । बेलबारी ट्राफिक कार्यालय अगाडि उनीहरुले विभिन्न मा

    • प्रकाशित मितिः असार २, २०७७
    • ३७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनमा आत्महत्या बढ्यो, धरानमा ६ जनाले गरे आत्महत्या

    धरान / केही दिन अघि धरान १४ विजयपुरस्थित झोलुङगे पुल मुनी किशोरको शव भेटिएको सेलाउन नपाउदैं सोही क्षेत्रमा एक जना आज झुण्डिएर आत्महत्या गरेका छन् । विजयपुरको झोलुङ्गे पुल नजिकै घरको बाथरुममा डोरीले झुण्डिएर आत्महत्या गरेको प्रहरी पोष्ट विजयपुरले जानकारी दिएको छ । ४९ बर्षीय दिवस राईले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीको टोली घट्नास्थल पुगेर शवलाई नियन्त्रणमा लिएको छ । बाथरुमभित्र नाम्लो डोरीले झुण्डिएको र स्थानीयले देखेपछि ढोका फोडेर भित्र प्रवेश गरेर डोरी काटेका भए पनि उनको ज्यान गइसकेको ओलीले जानकारी दिए । लकडाउनको समयमा विजयपुरकै ए

    • प्रकाशित मितिः असार २, २०७७
    • १,३०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चीन र भारतीय सेनाविच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

    धरान / भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भीडन्त भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सेनाले ुदुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थिति सामान्य बनाउन वार्तामा रहेको बताउँदै दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ। चीनले भारतलाई तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ। यता समाचारसंस्था एएफपीका अनुसार चीनले भारतलाई सीमा उल्लङ्घन गरेर चिनियाँ सैनिकमाथि आक्रमण गरेको आरोप लगाएको छ। बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेक

    • प्रकाशित मितिः असार २, २०७७
    • ४११ पटक पढिएको
    • बीबीसी
  • दुरूत्साहन मुद्दामा लालीगुँरास नपाका शिक्षा शाखा प्रमुख पक्राउ

    यासोक । ‘आत्महत्या दुरूत्साहन’ को आरोपमा तेह्रथुमको लालीगुँरास नगरपालिका शिक्षा शाखा प्रमुख रामकृष्ण निरौला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वसन्तपुरमा उनीविरुद्ध किटानी निवेदन परेपछि पक्राउ परेका हुन् । लालीगुँरास नगरपालिका–८ सोल्माका ३४ वर्षीया कुवेर दाहाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध जेठ २९ गते मृतक दाहालका दाजु खेमप्रसादले किटानी निवेदन दर्ता गराएका थिए । जेठ २९ गते रुखमा झुण्डिएको अवस्थामा फेला परेका दाहाल अघिल्लो दिन साँझ रामकृष्णसँग मोबाइलमा वादविवाद भएको थियो । वादविवादका क्रममा रामकृष्णले कुवेरलाई विभिन्न आरो

    • प्रकाशित मितिः असार २, २०७७
    • २,२२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलात्कार अभियुक्त श्री सुब्बा पुर्पक्षका लागि थुनामा

    धरान । ८ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेका धरान–१५ का श्री सुब्बालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । सुब्बा बालिकालाई करणी गरेको आरोपमा जेठ ८ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा न्यायाधीश धर्मराज पौडेलको इजलासले पुर्पक्षका लागि थुनमा राख्ने आदेश दिएको हो । सोमबार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न २ नम्बर बेञ्चका न्यायाधीस पौडेलले आदेश दिएका हुन् । अदालत स्रोतका अनुसार सोमबार वादी प्रतिवादीका वकिलहरूको वहसपछि न्यायाधीश पौडेलले पुर्पक्षका लागि थुनामा राख्दै आदेश दिएका हुन् । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज वलीले पुर्पक्षका लागि थुनामा राख्ने

    • प्रकाशित मितिः असार २, २०७७
    • ८४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मजदुरलाई राहतमा कुहिएको चामल, वडा कार्यालयमा फिर्ता

    गणेश कुमार ठाकुर सिरहा / धनुषा जिल्लाको एक स्थानीय तहले कुहिएको चामल राहत दिएको पाइएको छ । जनकनन्दनी गाउँपालिका वडा नं.१ (इनर्वा)ले दोश्रो चरणको राहत वितरणमा विपन्न परिवारलाई कुहिएको चामल दिएको उनीहरुले गुनासो गरेकाछन् । लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल कुहिएको पाइएपछि विपन्न परिवारले वडा अध्यक्षलाई राहत फिर्ता गरेको छन् । राहतमा प्रति परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन,१ केजी आलु प्याकिङ गरिएको थियो । वडा कार्यालयले दिएको राहत घर गएर चामल बोरा खोलेर हेर्दा कुहिएर पहेंलो देखिएको स्थानीयहरुले बताए । स्थानीय सरकारले राहतका

    • प्रकाशित मितिः असार १, २०७७
    • २०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अवैध काठसहित एक पक्राउ

    भद्रपुर / जिल्ला प्रहरी कार्यालय झापाले अवैध काठसहित एक जना चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा आइतबार विहान भद्रपुर नगरपालिका–३ स्थित ज्ञानेचोकबाट ४७.४४ क्यु फिट अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले भद्रपुर २ का २२ वर्षीय चालक प्रकाश विकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार सिसौ जातको १८ थान टुना र मे १ त २७०४ नम्बर ट्याक्टर नियन्त्रण लिइएको बताए। अवैध काठ, ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि डिभीजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।

    • प्रकाशित मितिः असार १, २०७७
    • १०७ पटक पढिएको
    • उत्तम नेपाल
  • औषधि व्यवसायी हत्या प्रकरण: पत्नीसहित तीन जना पुर्पक्षमा

    अनिल श्रेष्ठ/विराटनगर विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको श्रीमतीसहित तीन जनालाई अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजालाशले हत्या आरोपमा पक्राउ परेकी दुलालकी श्रीमती मीना श्रेष्ठ, सिरहा लाहान नगरपालिका १० घर भई हाल विराटनगर बस्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी १२ का २० वर्षीय सोनु साहलाई थुनामा राख्न आइतबार आदेश दिएकाे हाे ।  अदालतको ७ नम्बर इजालशमा आइतबारको थुनछेक बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्दकुमार रेग्मील

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ६२७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved