Trending Tags

अन्तर्राष्ट्रिय / प्रवास

    Showing १८१-१९० of १,३४० items.
  • चीनका राजदूत बसेको होटलमा बम विस्फोट, चारजना मारिए

    धरान । पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्तमा भएको बम विस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । सेरेना नामक होटलको कार पार्किङमा भएको बम विस्फोटमा चारजनाको ज्यान गएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बलुचिस्तान प्रान्तको क्वेटा शहरमा रहेको होटलको कार पाकिङमा अज्ञात समूहले बम विस्फोट गराएको जनाइएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्री सेख रसिद अहमदका अनुसार आतङ्कवादीहरूले विस्फोट गराएको दाबी गरेका छन् । उनका अनुसार चारजना हताहत भएका छन् भने १२ जनाजति घाइते भएका छन् । उक्त होटलमा चीनका राजदूत बसेको बताइन्छ । उनको सुरक्षार्थ खटिएका चार

    • प्रकाशित मितिः बैशाख ९, २०७८
    • १९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा २४ घण्टामा ३ लाख नजिक काेराेना संक्रमित, मृत्यु हुनेकाे संख्या हाल सम्मकै उच्च

    ब्लाष्टखबर । काेराेना महामारीकाे दाेस्राे लहर घतक सावित भएकाे भारतमा हर एक दिन नयाँ संक्रमित र मृत्यु हुनेकाे रेकर्ड बन्दै आएकाे छ । पछपल्लाे २४ घण्टामा भारतमा ३ लाखकाे नजिक नयाँ काेराेना संक्रमित फेला परेका छन् । त्यस्ताै २४ घण्टामा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या २ हजार नाघेकाे छ । वल्डमिटका अनुसार भातरमा २४ घण्टामा २ हजार २३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेकाे याे संख्या हाल सम्मकै उच्च हाे । भारतमा हाल सम्म मृत्यु हुनेकाे काेराेना संक्रमित संख्या १ लाख ८२ हजार ५७० पुगेकाे छ । बुधबार २ लाख ९५ हजार ४१ जना नयाँ संक्रमित फेला परेका छन् । याेसंगै कुल संक्रमितकाे संख्या १ कराेड ५

    • प्रकाशित मितिः बैशाख ८, २०७८
    • ३१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको मागः यात्रा प्रतिबन्ध जारी राख

    कट्टरपन्थी इस्लामी आतंकवाबाट मुलुकलाई बचाउन केही मुस्लिम देशमा पहिले नै लगाइआएको यात्रा प्रतिबन्धलाई पुनः जारी राख्न अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनसँग माग गरेका छन् । ट्रम्पले शरणार्थी प्रतिबन्धलाई पनि जारी राख्न माग गरेका छन् । ‘यदि बाइडनले हाम्रो देशलाई कट्टरपन्थी इस्लामी आतंकवादबाट सुरक्षित राख्न चाहान्छन् भने उनले अन्य देशबाट आउनेहरुलाई यात्रा प्रतिबन्ध गर्नुपर्छ र देशमा प्रवेश गर्ने व्यक्तिको जाँचका सबै उपाय अवलम्वन गर्नुपर्छ ।’ ट्रम्पले भनेका छन्, ‘आतंकवादी पूरै विश्वमा सक्रिय छ र उनीहरुले अनलाइन भर्ती गरिरहेका छन् । मुलुकलाई आतंकवाद र कट्टरपन्थ

    • प्रकाशित मितिः बैशाख ८, २०७८
    • १७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रिपोर्टः हिन्द महासागरमा आएको ‘अम्फान’ पछि २ हजार बढीको मृत्यु, १४ अर्ब डलरकाे क्षति

    भारत– बङ्गलादेश सीमामा गत वर्ष आएको ‘अम्फान’ आँधिले १४ अर्ब डलरको विनाश गरेको एक रिपोर्टमा बताइएको छ । उत्तरी हिन्द महासागरमा आएको यो आँधिले ठूलो आर्थिक घाटा गरेको ‘ग्लोबल क्लाइमेट २०२०’ को रिपोर्टमा भनिएको छ । मंगलबार जारी रिपोर्टमा कोभिड–१९ को मार झेलिरहेको भारतमा यो आँधिले दोहोरो मार खेप्नु परेको उल्लेख छ । भारत– बङ्गलादेश सीमामा २० मेमा भूस्खलन समेत भएको थियो । यस क्रममा १२९ व्यक्तिको ज्यान गएको थियो । रिपोर्टका अनुसार सन् २०२० लाई सबैभन्दा बढी गर्मी भएको वर्षका रुपमा मापन गरिएको छ । सन् २०१५ पछि ६ वर्ष रेकर्डस्तरमा गर्मी भएको उल्लेख छ । यसलाई हेर्दा सन् २०११ देखि २०२०

    • प्रकाशित मितिः बैशाख ८, २०७८
    • १८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा कोरोना संक्रमितको मृत्यु दिनमै २ हजार नाघ्यो

    भारतमा कोरोना भाइरसको दोस्रो चरण घातक साबित भइरहेको छ । प्रत्येक दिन संक्रमितको मृत्युले नयाँ तथ्यांक निर्माण गर्दै गइरहेको छ । वल्र्डोमिटरका अनुसार भारतमा २४ घण्टामा २०२० कोरोना संक्रमितको मृत्यु भएको छ । गत वर्षदेखि हालसम्मको मृत्यु हुनेको तथ्यांक हेर्दा यो सबैभन्दा अधिक हो । पहिलो पटक भारतमा एक दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक आएको छ । यस्तै संक्रीय संक्रमितको संख्यामा पनि अधिक वृद्धि भइरहेको छ । यसै क्रममा २,९४,११५ नयाँ संक्रमित थपिएका छन् । यो संख्या पनि भारतमा सबैभन्दा बढी संक्रमण भएको तथ्यांक हो । संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि हुँदै १५६,०९,००४ पुगेको

    • प्रकाशित मितिः बैशाख ८, २०७८
    • १७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कतारको पुरानो पैसा नचल्ने

    पाँचौ संस्करणको मुद्रा (रियाल) चलनचल्तीमा ल्याएपछि कतारले पुरानो पैसा साट्न अनुरोध गरेको छ । आगामी असार १७ गतेपछि चौथो संस्करणको कतारी मुद्रा नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले १ जुलाई २०२१ (१७ असार २०७८) देखि ती मुद्रा चलनचल्तीबाट हटाउन लागेको जनाएको छ । चौथो चरणको कतारी रियाल सटही गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर यही वैशाख २७ भित्र आफूसँग भएका कतारी मुद्रा (रियाल) सटही गर्न निर्देशन दिएको हो ।हाल करिब ६ लाख नेपाली कतारमा कार्यरत रहेको तथ्यांक छ । यस अघि भारत सरकारले २४ कात्तिक २०७३ (९ नोभेम्बर २०१६) देखि भारु पाँच सय र हज

    • प्रकाशित मितिः बैशाख ८, २०७८
    • २७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रातो सूचीमा भारतः बेलायत, पाकिस्तान र हङकङले लगायो प्रवेशमा रोक

    बेलायतले भारतका नागरिकलाई प्रवेश रोक लगाएको छ । भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढ्दै गएपछि बेलायतले भारत यात्राको श्रेणीमा  ‘रातो सूची’ लगाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा फैलिएको कोरोनाको भेरियन्ट आफ्ना १०३ नागरिकमा संक्रमण देखिएपछि निर्णय गरिएको बताइएको छ । यस अघि पाकिस्तानले पनि भारतबाट प्रवेश गर्ने यात्रीलाई दुई साताका लागि प्रवेशमा रोक लगाउने सोमबार निर्णय गरेको थियो । रातो सूचीमा राखेपछि बेलायतले गैरबेलायती र आइरिस नागरिकलाई भारतबाट बेलायत जान रोक लगाउने छ । साथै विदेशबाट फर्किएका बेलायतीलाई होटलमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने अनिवार्य गरेको

    • प्रकाशित मितिः बैशाख ७, २०७८
    • २७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नासाको ‘मार्स हेलिकोप्टर’ मंगल ग्रहमा

    अमेरिकी अन्तरिक्ष संस्था (नासा) को एक हेलिकप्टरलाई मंगल ग्रहमा  पुर्‍याइएको छ ।नासाको आधिकारिक ट्वीटर लगायतका सामाजिक संजालमा मंगल ग्रह पुगेको ‘मार्स हेलिकोप्टर’ को तस्बिर र भिडियो सार्वजनिक भएको छ । मंगलग्रहमा हेलिकोप्टर उडान पहिलोपल्ट हो । पृथ्वीको वायुमण्डलको तुलनामा १५ प्रतिशतमात्रै हावा भएको मंगल ग्रहमा हेलिकप्टर उडाउनु अत्यन्तै जोखिम हुने बीबीसीले उल्लेख गरेको छ ।रकेटमार्फत् मंगल ग्रह पु¥याइएको यो लघु हेलिकप्टर ३० सेकेन्ड उडान भरेर ३ मिटर पर पुगेको नासालाई उदृत गर्दै अमेरिकी दूतावासले आफ्नो ट्वीटरमा उल्लेख गरेको छ ।राइट दाजुभाइले पहिलो वायुयान उडाएको ११७ वर्षपछि मंगल

    • प्रकाशित मितिः बैशाख ७, २०७८
    • २१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संक्रमण तीव्र भएपछि दिल्लीमा लकडाउन

    भारतको राजधानी दिल्लीमा कोरोनाको तीव्र संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय गरिएको छ । आज सोमबार राति १० बजेदेखि २६ अप्रिल बिहानसम्म ६ दिन लडडाउन हुने छ ।झण्डै एक साता लामो लकडाउनका क्रममा घरबाट बाहिर निस्कने अनुमति हुने छैन । जरुरी क्षेत्रसँग जोडिएका व्यक्तिमात्र बाहिर निस्कन पाउने छन् । सबै निजी क्षेत्रका कार्यालयलाई घरबाटै काम गर्न निर्देश गरिएको छ । सरकारी क्षेत्रमा आधामात्रै कर्मचारी उपस्थित हुनेछन् । दिल्लीमा सबै थियटर्स, अडिटोरियम, स्पा, जिम, स्वीमिङ पुल बन्द गर्ने निर्णय गरिएको छ । सोमबार भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ । दिल्ली

    • प्रकाशित मितिः बैशाख ६, २०७८
    • १९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मस्जिदमा एकै परिवारका आठ जनाको हत्या

    जलालाबाद। अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् ।स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइ भतिज मारिएको जानकारी दिए ।नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरे । अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ ।मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यही क्रममा उक्त घटना भएको हो । 

    • प्रकाशित मितिः बैशाख ६, २०७८
    • २४७ पटक पढिएको
    • एएफपी/रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved