श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १० गते सोमबार, २२ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको चतुर्दशी तिथि भोलि ०३ः४४ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र हस्ता २०ः१५ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि–कन्या, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोली र व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साथ दिनेहरू थोरै हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिनेछ । आतिथ्य खर्चिलो बन्ने देखिन्छ। दिन राम्रो रहेको छ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।कम मिहिनेतमै काम बन्नाले मन प्रसन्न रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । व्यापारमा मनग्य फाइदा हुनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोग जुट्नुका साथै प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । नाम र दाम कमाउने बेला छ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।बेलामा होस नपु¥याउँदा काममा बाधा पर्न सक्छ।    
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । आवश्यक पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धेरै लगानी गरे पनि थोरै मात्र फाइदा हुनेछ। मिहिनेतले केही न केही उपलब्धि हातपार्न सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका स्रोत कमजोर बन्नेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।