राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून निर्माणमा समेतप्रभाव परेको बताएको छ। उनले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाएका छन्।

सङ्घीय संसदका विषयमा कार्यरत पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, “सभालाई कति राम्रो गर्न सक्छु त्यो मेरो खुबी हो, नराम्रो गर्दिन, देश र जनताका निम्ति सबैले केही गरौँ ।” राष्ट्रियसभामा कुनै पनि विधेयक र प्रस्ताव थाँती नरहेको जनाउँदै उनले सभाका गतिविधिलाई सञ्चारमाध्यमले आवश्यक स्थान दिनेमा विश्वस्त रहेको बताए।

सभाका कामकारवाही र गतिविधि गतिशील र चुस्त भएमा सञ्चारमाध्यम स्वयम्ले पर्याप्त स्थान दिनेमा ढुक्क हुन सकिन्छ भन्दै अध्यक्ष दाहालले सभालाई कामकाजी, अर्थपूर्ण र व्यवस्थित गर्नका लागि हुने प्रयासमा सञ्चार जगत्को सहयोगको अपेक्षा गरेका छन्। अघिल्लो अधिवेशनसम्म कार्य जिम्मेवारी पूरा गर्ने हिसावले राष्ट्रियसभा सफल भएको बताउँदै अध्यक्ष दाहालले हरेक बैठक, अधिवेशन र कार्यक्रममा सफल हुनेमा दृढताका साथ काम गर्ने विश्वास दिलाएका छन् ।

सो कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय र प्रवक्ता एकराम गिरी लगायतको सहभागी रहेको थियो।राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून निर्माणमा समेत केही प्रभाव परेको बताएको छ।

उनले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाएका छन्। सङ्घीय संसदका विषयमा कार्यरत पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, “सभालाई कति राम्रो गर्न सक्छु त्यो मेरो खुबी हो, नराम्रो गर्दिन, देश र जनताका निम्ति सबैले केही गरौँ ।

”राष्ट्रियसभामा कुनै पनि विधेयक र प्रस्ताव थाँती नरहेको जनाउँदै उनले सभाका गतिविधिलाई सञ्चारमाध्यमले आवश्यक स्थान दिनेमा विश्वस्त रहेको बताए।सभाका कामकारवाही र गतिविधि गतिशील र चुस्त भएमा सञ्चारमाध्यम स्वयम्ले पर्याप्त स्थान दिनेमा ढुक्क हुन सकिन्छ भन्दै अध्यक्ष दाहालले सभालाई कामकाजी, अर्थपूर्ण र व्यवस्थित गर्नका लागि हुने प्रयासमा सञ्चार जगत्को सहयोगको अपेक्षा गरेका छन्।

अघिल्लो अधिवेशनसम्म कार्य जिम्मेवारी पूरा गर्ने हिसावले राष्ट्रियसभा सफल भएको बताउँदै अध्यक्ष दाहालले हरेक बैठक, अधिवेशन र कार्यक्रममा सफल हुनेमा दृढताका साथ काम गर्ने विश्वास दिलाएका छन्।सो कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय र प्रवक्ता एकराम गिरी लगायतको सहभागी रहेको थियो।