श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत २६ गते सोमबार, ८ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्ण  पक्षको औंशी  तिथि भोलि ००ः०५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरभाद्र १०ः२५ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः४७ बजे र सूर्यास्त ०६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर दिलाउनेछ । काम देखाएर फाइदा लिने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला । मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा होस् नपुग्नाले व्यवहारमा पछि परिएला । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।