श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत ३ गते शनिबार, १६ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको सप्तमी तिथि २१ः५३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रोहिणी १६ः१८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः११ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुनसक्छ । कामले राम्रो उपलब्धि दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम र नाम कमाउने समय छ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । पछिका लागि खर्चको जोहो गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। उधारोमा व्यापार हुनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रमको उचित मूल्याङ्कन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ।