धरान / स्पार्क फाईभ अस्पताल, धरान–१ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य परिक्षण तथा उपचार सेवा पाएका छन् ।

शनिबार अस्पतालको आठौं साधारणसभाको अवसरमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा काठमाडौं स्पार्क हेल्थ होममा कार्यरत डा.अनिलकुमार महतो, डा.तारा भुजेल लगायतले विरामीको चेकजाँच गरेका थिए ।

IMG-8178

शिविरमा विरामीको ढाड, कम्मर, गर्दन, घुँडा, जोर्नीहरु दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, बाथ रोग, युरिक एसिड बढेको, शरिर झम्झमाउने, लाटो हुने, कुम जाम भएको, प्यारालाईसिस, मुख बाङ्गिएको लगायतका समस्याहरुको जाँच गरिएको थियो । शिवरमा सहभागी हुनेलाई ल्याब परिक्षणमा २० प्रतिशत छुट दिइएको अस्पतालकी व्यवस्थापक मिला बस्नेतले बताईन् ।

IMG-8176