विराटनगर । मिस एण्ड मिस्टर एसइइ २०२२ को उपाधि प्रतिष्ठा रिजाल र हृदेश राइले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा प्रतिष्ठाले मिस र हृदेशले मिस्टरको उपाधि जितेका हुन् ।

प्रतियोगिताको अर्गनाइजर च्वाइसमा स्मारिका सुबेदी घोषित भइन् । मिसतर्फको फस्ट रनरअप सबिना बिष्ट, सेकेण्ड रनरअप सचिता कुमारी महतो घोषित भइन् । यसैगरि मिस्टरतर्फको फस्ट रनरअप अरुण कुमार साह, र सेकेण्ड रनरअप रोहन रसैली भए ।

प्रतियोगिताको मिस ट्यालेन्ट स्मारिका सुबेदी तथा मिस्टर ट्यालेन्ट एवार्ड रोहन रसैलीले जिते । मिस र मिस्टर पपुलर एवार्ड क्रमश ः सचिता कुमारी महतो र हृदेश राईले पाए । यस्तै मिस र मिस्टर मल्टिमिडिया सृजना चौधरी भइन् र हृदेश राइ भए ।

मिस पब्लिक च्वाइस सचिता कुमारी महतो, मिस्टर पब्लिक च्वाइस हृदेश राइ, मिस पर्सनालिटी प्रतिष्ठा रिजाल, मिस बब्ली रिया कु. राजबंसी, मिस फिजिक पबिना गुरुगं, मिस डिसिप्लीन दृश्टी भण्डारी, मिस्टर डिसिप्लीन अरुण कु. साह, मिस क्याटवक सचिता कु. महतो, मिस कन्फिडेन्ट सविना विष्ट, मिस फोटोजेनिक सविना विष्ट, मिस ब्यूटिफुल आइजमा सुप्रिया चौधरी,  मिस स्माइलमा एलिजा खत्री, मिस एक्टिभ सृजना चौधरी र मिस बेस्ट ट्रान्सफरमेसन प्रियकां साह घोषित भइन् । 

कार्यक्रममको प्रमुखु अतिथिमा नेपाल उद्योग परिसर संघ प्रदेश नं. १ का अध्यक्ष भिम घिमिरे रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ मोरङका निर्वतमान अध्यक्ष बन्धु पोखरेल,  कान्तिपुर कलेजका निर्देशक कृष्ण भण्डारी, मिस कोशी २०२१ की बिजेता प्रशिका श्रेष्ठ र  डा. अकिंता राठी अग्रवाल रहेका थिए । 

प्रतियोगिताको विजेताले प्लस टु (+२) मा निःशुल्क छात्रवृती प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने जय मिडिया मेनेजमेन्टका डाइरेक्टर जय राज रायले जानकारी दिए । 

फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति र अर्गनाइजेशन च्वाइस हुनेले ६० प्रतिशत छात्रवृति पाउनेछन् । छात्रवृत्ति पाउने प्रतियोगिले विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्ट मध्ये कुनै पनि विषय रोजेर विराटनगरस्थित कान्तिपुर कलेजमा पढ्न पाउने सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।

कार्यक्रम संचालन मिस कोश २०२१ फस्ट रनरअप आयूषा आचार्य र प्रशिक्षक प्रकृति फुयलले गरेकी थिइन् । फाइनलमा पुगेका प्रतियोगिहरूलाई प्रशिक्षण सीमा सरदार र प्रकृति फुयलले दिएकी थिइन् ।