धरान (ब्लाष्ट) गायिका जुनी खालिङ राई र रविन एवाई राईको स्वरमा ‘हङकङको सुन दिउँला’ बोलको गीत सार्वजनिक भएको छ । 

लोकशैलीको यो गीतमा शुक्र खिम्दुङ राईको शब्द र कृष्णकुमार राईको संगीत रहेको छ । गीतको भिडियो पनि गायिका जुनीले नै निर्देशन गरेकी हुन् । भिडियोमा जुनी र रविनले नै मुख्य भूमिकामा अभिनय गरेका छन् । भिडियोको छायाँकन र सम्पादन राज बान्तवाले गरेका हुन् । भिडियो जुनी खालिङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

धनकुटामा रहेर गायनमा सक्रिय जुनीले पछिल्लो समय लगातार लोकशैलीका गीतहरु बजारमा ल्याईरहेकी छन् । उनले आफ्ना प्रायः गीतको भिडियोमा निर्देशन समेत गर्दै आएकी छन् । 

भिडियो :