धरान । थाइल्यान्डमा सम्पन्न वी क्वीन मिस एन्ड मिस्टर्स डिभा वल्र्डवाइड २०२१ मा झापाकी मनिषा राजवंशीले फस्ट रनरअपको उपाधि जित्न सफल भएकी छन् ।

न्यू राइज इन्टरटेनमेन्टबाट नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डको प्रतिस्पर्धामा पुगेकी मनिषाले फस्ट रनरअपको ताज जित्न सफल भएकी हुन् ।

उनी मिस दिभा वल्र्डवाइड २०२१ की विजेता थिइन् । उनी मिस्टर एन्ड मिस राजवंशी २०१८ को सेकेन्ड रनरअपसमेत हुन् । थाइल्यान्डको प्रतिस्पर्धामा मलेसियाकी सुन्दरी विजेता भए पनि उनी फस्ट रनरअप बनेकी हुन् । घोषणा गत जनवरी २७ मै भए पनि कोरोना महामारीका कारण उनलाई ताज हालै मात्रै पहि¥याइएको हो ।

प्रतियोगितामा नेपालसहित चीन, भारत, अमेरिका, मलेसिया, अष्ट्रिया, फिलिपिन्स, थाइल्यान्ड, इन्डोनेसिया, कोलम्बिया, म्यान्मारलगायत देशका सुन्दरीबीच प्रतिस्पर्धा भएको थियो ।