धरान । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उनले गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

इन्दिराकै स्वर, शब्द र सङ्गीत रहेको गीत किरण तुलाधरले एरेन्ज गरेका छन् । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयम् र निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोको निर्देशन प्रवीण सिंहले गरेका हुन् ।

हरि हुमागाईंले छायाङ्कन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । केही समयअघि मात्र वैवाहिक जीवनमा बाँधिएकी इन्दिराको विवाहपछिको यो पहिलो गीत हो । गीत सार्वजनिक कार्यक्रममा उनका पति शरद केडिया पनि उपस्थित थिए ।