धरान । मोहितवंश आचार्य र मेलिना राईको स्वर रहेको गीत ‘भटक भटक’ सार्वजनिक भएको छ ।

सरोज ओलीको शब्द र दीपक शर्माको सङ्गीत रहेको गीत ‘ए है माया’ को दोस्रो संस्करणको रूपमा ल्याइएको हो ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माको अभिनय छ । डान्सिङ फ्लेवरको गीतको भिडियोमा गीतमा नाजिर र आश्माले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

विक्रम स्वाँरको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।