धरान । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको ‘पानीफोटो’ को टिजर रिलिज भएको छ ।

निर्देशक लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिए । उनका अनुसार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत् बिहीबार टिजर सार्वजनिक भएको हो । उनले फिल्म प्रदर्शनपश्चात् पानीफोटो निर्देशनको यात्रालाई समेटेर पुस्तक पनि सार्वजनिक गरिन लागिएको बताए ।

अभिनेता लामिछानेका अनुसार टिजर एक मिनेट ३० सेकेन्ड लामो रहेको छ । फिल्ममा उनीसहित अनुप बराल, मेनुका प्रधान, मलिका महतलाई देखाइएको छ । छोरा हराएको विषयमा फिल्म आधारित रहेको छ ।

माओवादी द्वन्द्वको प्रभावमा परेर बेपत्ता बनेको छोरो खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा रहेको निर्देशक लामिछानेले बताए । फिल्म बन्नुअघि नाटक पनि मञ्चन गरिएको थियो । फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।