धरान । नेक्स्ट मोडल्स नेपालको आयोजनामा आइसी डिजाइनर रनवे–११ नामक फेसन शो हुने भएको छ ।

आइसी कलेजको आयोजनामा हुन लागेको फेसन शोका लागि मोडलहरूको आवेदन खुल्ला गरेको छ । त्यसका लागि कम्तीमा ५ फिट ६ इन्च उचाइ हुनुपर्ने मापदण्ड तोकिएको छ ।

फेसन शोका लागि आगामी जेठ २८ गते शनिबार छनोट कार्यक्रम राखिएको छ । फेसन शोमा ६ पुरुष र २४ महिलाहरू र्याम्पमा उत्रिने जनाइएको छ । आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइनलाई प्रस्तुत गरिने भएको छ ।

कलेजका १९ औँ ब्याचका पास आउट विद्यार्थीहरूले डिजाइन तयार पारेको नेक्स्ट मोडल्स नेपालका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले बताए ।

‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार–प्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु रहेको उनले बताए ।