संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित सभाखोला छेउमामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का २२ बर्षिय चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
सोमबार बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
उनका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो । ट्रकमा रहेका सह चालक सिन्धुपाल्चोकका १९ बर्षिय सुजन तामाङ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।