पाँचथर । फिदिम–यासोक सडक खण्डको सरखण्डेमा भएको बस दुर्घटनामा परेकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको विस्तृत विवरण भने आउन बाँकी छ ।
गम्भीर अवस्थाका घाइतेमध्ये ४ जनालाई जिल्लाबाहिर रेफर गरिएको छ । तत्काल दश जना घाइतेलाई जिल्ला बाहिरको सुविधा सम्पन्न अस्पताल लानुपर्ने अवस्था रहे पनि एम्बुलेन्सको अभाव भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
अन्य घाइतेहरूको सदरमुकामस्थित जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको सिमाना सिवा दोभानबाट यात्रु लिएर झापाको दमक हिँडेको को १ ख ३८६५ नं.को बस सरखण्डेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ६४ जना घाइते भएको प्रहरीले जनाएको छ ।