यासोक । पाँचथरको फिदिम नगरपालिकाको सखरखण्डेमा आज बिहान बस दुर्घटना परी ५० जना  घाइते भएका छन । सिवा खोलाबाट कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका नागरिकलाई लिएर सदरमुकाम हुँदै झापा हिडेको को १ ख ३८६५ नम्बरको बस अनियत्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डम्बर बिश्वकर्माले बताए । 

बसमा ६० जना भन्दा बढि यात्रु थिए ति मध्ये केहीको अवस्था चिन्ताजन भएको प्रहरीले जनाएको छ । बस सडक भन्दा ५० मिटर तल झरेको छ । घाइतेलाई  जिल्ला अस्पताल र केहीलाई पाथीभरा र समर्पित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा क्षतिकाे पूर्ण जानकारी आउन बाँकी छ ।