आज प्रदेश १ को मुख्यमन्त्रीको भीम आचार्यले विश्वासको मत लिनका लागि पेस गरेको प्रस्ताव माथि छलफल तथा मत विभाजन हुने छ ।
शुक्रबार प्रदेशसभामा आचार्यले पेस गरेको उक्त प्रस्तावमा आज दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशनको चौथो बैंठक छलफल तथा मत विभाज हुने भएको हो ।
९२ सदस्यीय प्रदेश सभामा एमालेसँग ४१ जना संसद् रहेका छन् । आचार्यले विश्वासको मत पाउँन एमाले बाहेकका थप ६ जना संसद्को मत प्राप्त गर्नुपर्ने हुन्छ । त्यस्तै विपक्षी गठबन्धनमा ४९ जना सांसद रहेका छन् ।
नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृव नेकपा एकिकृत (समाजवादी)मा प्रदेश १ का १० संसदले सनाखत गरेपछि असोज २५ गते आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए ।
गठबन्धनको तर्फबाट नेकपा एसका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिने नेकपा एस र नेकपा माओवादी केन्द्रका संसदहरूले बताएपनि शनिबार परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन् ।
उनले उनले प्रदेश नं १ र वाग्मतीमा आधारआधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको बताएका छन् ।