प्रदेश १ को आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गरेसँगै सभामुख प्रदीप कुमार भण्डारीले प्रस्तावमाथि छलफल तथा मत विभाजन  आइतबार हुने संसदमा जानकारी गराउँदै  कात्तिक ७ गतेसम्मका लागी बैठक स्थगित भएको थियो  । 

यसअघि बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा  प्रस्तावमाथि आइतबार छलफल र मतदान गर्ने सहमति बनेको हो । 

मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा संसदमा प्रदेश १ मा बाढी पहीराेका कारण भएको जनधन तथा धानबालीकाे क्षतिको बारेमा जानकारी गराउँदै  व्यवस्थापन, उद्धार  राहतका लागी प्रदेश सरकारबाट भएको कार्यहरूको जानकारी गराएका थिए ।

 ९२ सदस्यीय प्रदेश सभामा एमालेसँग  ४१ जना संसद् रहेका छन् । आचार्यले विश्वासको मत पाउँन एमाले बाहेकका थप  ६ जना संसद्को मत प्राप्त गर्नुपर्ने हुन्छ  ।