धरान । मोडल सङ्स नेपालले ‘द मम ब्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिता गर्ने भएको छ । 

यसमा आमा भइसकेका महिलाहरूलाई अवसर दिइने भएको छ । प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको आयोजकले जनाएको छ । अनलाइनमार्फत दिन सकिने आवेदनमा इच्छुक महिलाहरूले आयोजकको कार्यालयमा पनि दिन सकिने प्रमुख कार्यकारी अधिकृत डेभिलसिंह राजपुतले जानकारी दिए । 

इच्छुक महिलाहरूले एक हजार रुपैयाँ तिरेर अनलाइन फर्म वा कार्यालयमा आएर आवेदन दिन सक्ने जनाइएको छ । सहभागीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिने जनाइएको छ ।