प्रतिष्ठान ऐन २०४९ को दफा ११ ‘घ’ मा व्यवस्था भएअनुसार चारै जना पदाधिकारी हटाउने प्रक्रिया सुरु गर्ने सहमति भएपछि बिपी प्रतिष्ठानको सेवा बहिष्कारलगायतका आन्दोलन स्थगित भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानको ५१ औं दिनमा सहमति भएको हो । आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ । प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने सहमति भएको छ ।

सहमतिपछि संघर्ष समितिले शनिबार घोषणा गरेको सेवा बाहिष्कारलगायत आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

सरकारले गठन गरेको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदनबमोजिम सुझाव कार्ययोजनाको समय सीमाभित्र कार्यान्वयनमा लैजाने आज (बुधबार) सहमति भएको हो । 

सहमतिमा यसअघि बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने सहमति भएको छ । 

प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायहरुमा विचाराधीन उजुरी तथा मुद्दाहरुको कारबाही फछ्र्यौटका लागि महाशाखाले समन्वय गर्ने सहमति भएको छ । 

प्रतिष्ठानमा भएको बेथिति, अनियमितताका विषयमा छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने र त्यसमा संघर्ष समितिको प्रतिनिधित्व गराउने सहमति भएको छ ।

bpkihs1

savebpkihs2