डिशहोम फाइबरनेट धरानमा पनि विस्तार गरिएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबरर बिराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको डिशहोमले जनाएको छ । छिटै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, विरगंजलगायतअन्य स्थानमा पनि सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।