धरान / चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका छन् ।

आज बिहानै उनी हवाई मार्गबाट विराटनगर हुँदै धरान आइपुगेको संघर्ष समितिले जनाएको छ । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डाक्टर पदम नेपालीका अनुसार डाक्टर केसीसँग दिउँसो २ बजे अडोटरियम हलमा छलफल राखिएको छ ।

डाक्टर केसीले यसअघि नै एक विज्ञप्तीमार्फत आन्दोलनरत संघर्ष समितिको मागहरु तत्काल पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रतिष्ठानमा करिब एक महिनादेखि जारी सुद्धिकरण आन्दोलनप्रति ऐक्यवद्धता एवं समर्थन जनाउन डाक्टर केसी धरान आइपुगेका हुन् ।