चेन्नइः भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । 

जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।

दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । 

परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरु बिरामी भएका थिए ।

त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थिए ।