विजयपुर/ बैशाख–३१ गते रातको १२ बजेदेखि सुनसरी जिल्लाभर पुर्ण रुपमा लोकडाउन हुने भएको छ । 

सुनसरीमा आंशिक लकडाउन गरेपनि कोरोना भाइरस संक्रमण दर उच्च भएकाले पुर्ण रुपमा लकडाउन गर्न लागिएको हो ।

बैशाख ३१ गते (आज) १२ बजेपछि जिल्लाभरका औषधी पसलबाहेक सम्पुर्ण पसलहरु पुर्ण रुपमा बन्द गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी महेश कुमार पोखरेलले कोरोना भाइरसका संक्रमण दर उच्च भएकाले हाललाई जेठ–१५ गतेसम्म पुर्ण रुपमा लकडाउन गर्न लागिएको जानकारी दिए ।

उनले औषधी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने बताए । उनले भने, ‘संक्रमण दर उच्च छ, त्यसैले खाद्यान्नका पसलहरु पनि १५ दिन बन्द गर्ने निर्णय गरिएको हो ।’

हरियो तरकारी र दुग्धजन्य पदार्थ स्थानीय तहले उद्योग वाणिज्य संघसँगको समन्वयमा व्यवस्था गर्न २ दिन अगाडि नै स्थानीय तहलाई जानकारी गराइएको अधिकारी पोखरेखले बताए ।

उनकाअनुसार आवश्यकता हुनेलाई स्थानीय तहको उद्योग वाणिज्य संघसँगको समन्वयमा घरघरमा नै पुर्याउनु लगिदिने निर्णय गरिएको छ ।

लकडाउनमा  निजी तथा सार्वजनिक यातायातका सम्पुर्ण साधनहरु बन्द हुनेछन् । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुका निर्माण सामाग्री धुवानी गर्ने गाडिहरु भने चल्नेछन् ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरु सहकारी, बीमा कम्पनीलगायत १ चौथाई कर्मचारीको उपस्थितिमा सञ्चालन गर्नुपर्नेछ ।

धरान नउपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले पनि कोराना भाइरस अत्याधिक संक्रमण भएकाले पुर्ण लकडाउन भएपछि केही नियन्त्रण हुने बताउँछन् ।

लकडाउनको अवज्ञा तथा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमक रोग नियन्त्रण ऐन,२०२० बमोजिम सजाय हुने जिल्ला प्रशासन सुनसरीका सूचना अधिकारी पोखरेलले बताए ।