वराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या बढेर ६९ पुगेको छ । 

नगरका ११ वटा वडामै संक्रमण  फैलिएको छ ।

संक्रमित हुनेमा १ नं वडामा १ जना २, ६ र ७ नं. मा ७–७ जना, ५ र ८ नं वडामा ६–६ जना, वडा नं. ९ र ११ मा ४–४ जना, वडा नं. ३ र ४ मा ३–३ जना र १० नं मा ८ जनामा संक्रमण देखिएको छ । 

यस्तै वडा नखुलेका ८ जनामा समेत संक्रमण देखिएको नगर जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।

अहिलेसम्म कोरोनाले ३ महिलासहित ४ जनाको ज्यान गएको छ । वडा नं ५ र ११ का वृद्धा तथा ४५ वर्षीया महिलाको अस्पतालमा निधन भएको छ ।  ७ नं वडाकी वृद्धाको होम आइसोलेसनमा मृत्यु भएको थियो भने ११ नं वडाका वृद्धको नगरपालिकाको आइसोलसन सेन्टरमा मृत्यु भएको मेहताले बताए ।

नगरको सप्तकोशी महुमुखी क्याम्पसस्थित आइसोलेसन सेन्टरमा ४ पुरुष र १ महिला गरी ५ जना भर्ना भएका छन् ।  अन्य ६ जना विभिन्न अस्पतालमा उपचारत रहेको जनस्वास्थ्य निरीक्षक मेहताले जानकारी दिए । 

वैशाख १७ गतेदेखि जारी निषेधाज्ञादेखि हालसम्म कोरोना संक्रमणको तथ्यांक करिब ३ सय ८४ प्रतिशत वृद्धि भएको देखिएको छ । 

लकडाउन शुरुभए यता संक्रमण गुणन गति १२, १८, २४, ४४ र ६९ हुँदै तीव्र गतिमा अघि बढेको देखिएको छ ।