बेलबारी / बेलबारी नगर क्षेत्रका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरू शुक्रबारदेखि अनिस्चित कालका लागि बन्द भएका छन् ।

 नगर क्षेत्रमा  कोभिड १९ का संक्रमितको संख्या दैनिक बढेसंगै बेलबारी उच्च जोखिममा रहेको देखिन्छ । बेलबारीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु समेत भईसकेको छ ।

संक्रमिणलाई कम गर्न लकडाउनलाई थप प्रभावकारी बनाउन बेलबारी नगरपालिकाले बिहिवार एक सुचना निकाल्दै  बेलबारी नगर क्षेत्रका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरू शुक्रबारदेखि अर्को सुचना नआउन्जेल सम्मका लागि बन्द गर्न गराउन अनुरोध गरेको छ ।