ब्लाष्टखबर । धरानस्थित वीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमबार राती थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर १४ का ४८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जनाएका छन् ।
उनका अनुसार सोमबार नै कोररोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषको राती ९ बजे मृत्यु भएको हो ।
त्यस्तै, सोमबार साझ नै को्शी गाउँपालिका १ का ४३ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बैशाख १२ गते कोरोना संक्रमण् पुष्टि भई १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनको राती ९ बजेर ५ मिनेटमा मृत्यु भएको पोखरेलले जनाएका छन् ।