विजयपुर/ धरान उपमहानगरपालिका वडा नं.–१७ का अध्यक्ष स्वास्थ्यकमीसहित् समूह लिएर कोरोना संक्रमितको घरघरमा पुग्न थालेका छन् । 

शनिबार अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) स्वास्थ्यकर्मीसहितको टोलि लिएर संक्रमित् भएका ब्यक्तिहरुको घरघरमा पुगेका हुन् ।

संक्रमित्हरुलाई फलफूल, माक्स र सेनिटाइजर लिएर अध्यक्ष भट्टराई भेट्न पुगेका थिए । उनले संक्रमितहरुलाई  प्रत्यक्ष भेटेर बिरामीको अवस्था बुझेका थिए ।

उनले संक्रमित्लाई उपलब्ध औषधिहरु स्वास्थ्यकर्मीको सल्लाहअनुसार सेवन गर्न पनि अनुरोध गरेका थिए । उनले अप्ठ्यारो परेको अवस्थामा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।

वडा नं.–१७ मासक्रिय संक्रमित् ७ जना रहेका छन् । अध्यक्ष भट्टराईले प्रत्यक्ष जनप्रतिनिधि तथा स्वाथ्यकर्मीको उपस्थितिले बिरामीको मनोबल उच्च हुने र स्थानीय सरकार रहेछ भन्ने अनुभुति गराउन अभियान सुरु गरेको बताए ।

अभियान जारी राख्ने अध्यक्ष भट्टराईको भनाई छ  । कोरोना भाइरस भयावह अवस्था हुँदै गर्दा प्रायः वडाहरु बन्द भएपनि  वडा नं.–१७ ले न्यूनतम् स्वास्थ्यका मापदण्ड अपनाएर वडावासीका अति आवश्यक कामहरु गरिरहेको वडा सचिव शिशिर श्रेष्ठले जानकारी दिए ।