झापा मेचीनगर १५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । 

निलकोठी भन्ने ठाउँमा रहेको पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा आज बिहान ३ बजेदेखि आगो सल्कन शुरु भएको प्रहरीले जानकारी दिएको छ । उद्योेगी चण्डी पराजुली र आदित्य पराजुलीले सञ्चालन गरेको वायोमासमा के कारणले आगलागी भएको हो हालसम्म खुलेको छैन ।

jhapa_koila_khani_aaglagi1

मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल गापा, दमक र उर्लाबारीको ६ वटा दमकल सहित स्थानीय, सशस्त्र र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी रहे पनि यो समाचार तयार पार्दा सम्म पनि आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

jhapa_koila_khani_aaglagi2

फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

jhapa_koila_khani_aaglagi5

jhapa_koila_khani_aaglagi4

jhapa_koila_khani_aaglagi3