दुर्व्यसनविरुद्ध जनचेतना जगाउँदै आएको फ्यान क्लब (फाइट अगाइन्ट्स नार्कोटिक्स) प्रकाश माविको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको छ ।  

वराहक्षेत्र १० काे प्रकाशपुर बजार क्षेत्रमा रहेका पसलहरुमा गएर स्वास्थ सुरक्षा मापदण्ड अपनाउन अनुरोध गर्दै मास्क, सेनिटाइजर, साबुन–पानी राख्नका लागि क्लबमा आवद्ध विद्यार्थीले अनुरोध गरे ।  पसलमा भौतिक दूरी कायम गर्न, डोरी टाँङ्न र गोलो घेरा लागाउन अनुरोध गरे । 

विद्यालयमा गठित फ्यान क्लबले कोरोना भाइरसविरुद्ध लड्न र सचेत रहन जानकारी गराएको प्रकाश माविका विद्यार्थी विश्व बस्नेतले बताए ।

Fan_Club_Barahakshetra_Bimala_Ghimire  (1)

कतिपय पसलमा विद्यार्थी, प्रहरी र संघसंस्थाको समन्वयमा आफैंले डोरी टाँगिदिन सहयोग गरेको उनले बताए । 

मास्क नलगाई हिंड्ने व्यक्ति, व्यापारीलाई कोरोना संक्रमणको अवस्था, चुनौती र जोखिमका बारेमा सचेतना जगाइएको छ । उनीहरुलाई  मास्क किन लागाउने, सवारी चलाउने जोर–बिजोर प्रणाली, अत्यावश्यक पसल खोल्दा अपनाउनु पर्ने स्वास्थ मापदण्ड, लगायतका बारेमा जानकारी दिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक देवराज लम्सालले जानकारी दिए ।  

वराहक्षेत्र नगरपालिकाका फ्यान क्लबमा आवद्ध विद्यार्थीले ओरेक  सुनसरी,  वराहक्षेत्र नगरपालिका र इलाका प्रहरी कार्यालय चक्रघट्टीको समन्वयमा नगरका विभिन्न स्थानमा स्वास्थ्य सुरक्षा  मापदण्ड अपनाएर कोभिडको विषयमा सचेतना मुलक कार्यक्रम गरिरहेका छन् । 

Fan_Club_Barahakshetra_Bimala_Ghimire  (2)

विद्यालय बन्द हुँदा गलत संगतमा फसेर गलत क्रियाकलाप गर्ने र लागूऔषध दुव्र्यसनमा नफसून् भनेर सामाजिक काममा उत्प्रेरित गरिएको ओरेक सुनसरीकी कार्यक्रम अधिकृत बिमला घिमिरेले बताइन् । 

फ्यान क्लबको विद्यार्थीलाई अनलाइन माध्यमबाट विभिन्न क्षमता अभिवृद्धिका तालिम गरिने कार्यक्रम अधिकृत घिमिरेले जानकारी गराइन् । 

फ्यान क्लबले विद्यार्थीलाई सकारात्मक बाटोमा हिंड्न र सामाजिक काममा लाग्न प्रेरित गरेको समाजसेवी रविन घिमिरेले बताए । 

वराहक्षेत्र नगरपालिका,  इलाका प्रहरी कार्यालय चक्रघट्टी र ओरेक सुनसरीको समन्वयमा आज वराहक्षेत्र नगरपालिका १० प्रकाशपुर बजारमा कोभिड सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको हो ।