धनकुटा नगरपालिका वडा नं. ६ मा नयाँ दुलाहामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गत साता आयोजना भएको विवाहको कार्यक्रमपछि बेहुलामा कोरोनाको लक्षण देखा परेको थियो । जिल्ला अस्पताल धनकुटामा पिसिआर जाँच गराएपछि कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । 

विवाहमा बेहुला–बेहुलीलाई परंपरागत रुपमा आमन्त्रितले टिका लगाइ दिएको परिवारिक स्रोतले जनायो । बेहुलामा सङ्क्रमण पुष्टि भएपछि अन्यमा पनि भाइरस सर्न सक्ने सम्भावना रहेकोले कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई पनि पीसीआर परीक्षण गर्न जरुरी रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईले बताए । 

उनका अनुसार परिवारका अन्यको पनि पिसिआर जाँच गराउँदा सुरुमा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसमध्ये केहीमा लक्षण देखा परेकाले पुनः जाँच गराइने गुरागाईले बताए । विवाहको मौसम भएकोले उच्च स्वास्थ्य सावधानी अपनाउन जरुरी रहेको प्रमुख गुरागाईंको भनाइ छ  ।