नेपाल कम्युनिस्ट पार्टी (एमाले) इटहरी चार नम्बर वडा कमिटीले ‘गाउँगाउँमा सचेतना कार्यक्रमअन्तर्गत टोलका चोकचोकमा सचेतना फैलाउने सामग्री राखेको छ । 

भीडभाड़ हुने ठाउँमा जनचेतना फैलाउने सामग्रीहरु फ्लेक्स बोर्डलगायत देखिने र पढिने सामग्री राखिएको स्थानीय युवा नेता तथा वडा कमिटी अध्यक्ष सुनिल कार्कीले जानकारी दिए । 

Sachetana_Itahari_Sunil_Karki1

वडाका १६ वटा टोलमा ती सामग्री राखिएका छन् । सचेतनाका सामग्रीसँगै कार्यक्रममा मास्क समेत वितरण गरिएको छ  । स्थानीयहरुलाई स्वास्थ्य सामग्रीको प्रयोगका बारेमा सचेतना समेत गराइँदैछ ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् इटहरी उप–महानगर कमिटिका अध्यक्ष यमकुमार सुब्बा, जिल्ला कमिटी सदस्य भजन पौडेल, नेकपा एमाले इटहरी नगर कमिटी सचिवालय सदस्य एवम् चार नम्बर वडा इञ्चार्ज जित पौडेल, सह–इञ्चार्ज विश्वेश्वर पोख्रेल, नगर कमिटी सदस्य यमुना चापागाईं, चार नम्बर वडा सचिव अमृत बस्नेत, सहसचिव भीममाया पाख्रिन, कार्यालय सदस्य गुरु सिग्देललगायतका नेता कार्यकर्ता टोलटोलमा सचेतना कार्यक्रम’मा खटिएका छन् । 

Sachetana_Itahari_Sunil_Karki3

कार्यक्रम वडावडामा विस्तार गरिंदै लगिने र नगर सचेतनासमेत गरिने पार्टीको उद्देश्य रहेको युवा नेता कार्कीले जानकारी दिए । 

Sachetana_Itahari_Sunil_Karki2