भद्रपुर/ झापामा शनिबार ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुष गरी ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हो ।
त्यसमध्ये सबैभन्दा बढी भद्रपुरमा ११ महिला र १३ पुरुषसहित २४ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै बिर्तामोडमा ७ महिलासहित १३ जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ८ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्ज ,कचनकवल र शिवसताक्षीमा १–१ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
योसँगै झापामा सङ्क्रमितको सङ्ख्या ५०७३ पुगेको छ । त्यसमध्ये ४५२९ डिस्चार्ज भएका छन् । हाल आइसोलेसनमा ४१० जना सक्रिय सङ्क्रमित रहेको जनाइएको छ ।