ब्लाष्टखबर । काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएकाे छ । 

सुनसरी जिल्ला प्रशासन कार्यालयकाे आज  बसेकाे बैठकले सुनसरी क्षेत्रभित्र भाेलि शुक्रबार मध्य रातीदेखि  बैशाख २४ गते  रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे कार्यालयका सूचना अधिकारी महेश कुमार पाेख्रेलले जानकारी दिएका छन् । 

बैठक चलिरहेकाले  निषेधाज्ञाकाे  थप  जनकारीका लागि सूचना  जारी गरिने सूचना अधिकारी पाेख्रेलले बताए । उनले भने ' बैठक चलिरहेकाे छ, के खुल्ने, के नखुल्ने भन्ने बैठक सकिएपछि सुचना प्रकाशित हुन्छ ।  '

178642592_1685979324903859_2051017320778060941_n


179222330_1685979314903860_7594641521925144963_n