श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख २ गते बिहीबार, १५ अप्रिल २०२१ । राक्षस संवत्सर, चैत्र शुक्लपक्षको तृतीया तिथि १५ः४३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र कृतिका २०ः४६ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मीन, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

घरपरिवारको समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ । जग्गा–जमिनबाट लाभ रहनेछ ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दूध तथा कस्मेटिकको व्यापार–व्यवसायबाट सोचे अनुरूप लाभ रहला । प्रेमसम्बन्धमा बाँधिनु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समयमा आलश्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ कामको प्रस्ताव आउनेछ । यात्रा सफल रहला । पढाइमा रुचि बढ्नेछ । दिन राम्रो छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सरकारी क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । केही खर्च बढ्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुनेछ । पढाइमा सफलता मिल्नेछ । धनलाभ होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

घर निर्माणसम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वैदेशिक यात्राको योग रहेको छ ।  पारिवारिक समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको छ । समय राम्रो देखिन्छ ।