धरान १६ स्थित पञ्चायत आधारभूत विद्यालयमा चोरी भएको छ । 

विद्यालयको कार्यालयमा रहेको बालविकास तथा खेलकुदका सामग्री चोरी भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । 

विद्यालयको कार्यालयमा लगाइएको तीन वटा ताला फोडेर खेल सामग्री चोरी भएको प्रहरीले जानकारी दिएको छ । ‘राइड फर राइट्स’ नामक संस्थाले बालविकासका लागि प्रदान गरेको बालविकास सामग्री तथा खेल सामग्री चोरी भएको शिक्षक रोहित तिम्सिनाले जानकारी दिए ।

यस अघि २०७४ सालमा पनि विद्यालयमा तोडफोड भएको थियो भने लकडाउनको अवस्थामा विद्यार्थीका लागि खाजा पकाउन राखिएको भाँडा वर्तन चोरी भएको थियो । 

लागूऔषध दुव्र्यसनीले विद्यालयमा चोरी गरेको हुन सक्ने शिक्षकहरुले अनुमान गरेका छन् । 

विद्यालयलाई विभिन्न अवसरहरुमा दाताहरुले खेलकुद सामग्री, शैक्षिक सामग्रीहरु प्रदान गर्दै आएका छन् । तर, विद्यालय प्रशासनले ती सामग्रीहरुलाई सुरक्षित राख्न नसकेको अभिभावकहरु बताउँछन् । 

विद्यालयको कम्पाउण्डवाल भरपर्दो नभएका कारण समस्या आइरहेको शिक्षक बमबहादुर कार्की बताउँछन् । हालैमात्र एउटा संस्था तथा निजी शैक्षिक संस्थाले विद्यालयलाई कम्प्युटरलगायतका शैक्षिक सामग्री प्रदान गरेको छ । यस्तै  विद्यालयका नयाँ भवन, शौचालय थपिएको छ भने विद्यालयको स्तरोन्नति गर्ने काम भइरहेको छ ।

bhakai2

bhakari 5

bhakari3

bhakai2

bhakari1