loveप्रेम आचार्य, बिर्तामोड /  बिद्यालय शान्तिक्षेत्र हो । त्यहाँ अध्धयनरत विद्यार्थीको आस्थाको केन्द्र पनि । धेरै विद्यार्थीले विद्यालयलाई मन्दिरको रुपमा लिने गर्दछन् । तर, झापाको शान्तिनगरमा एउटा यस्तो विद्यालय छ, जहाँ दिनभर अध्ययन /अध्यापन हुन्छ भने राती चाहिँ युवायुवतीको यौनक्रिडाको थलो । स्थानीय युवा युवतीको यस्तो कार्यबाट विद्यालय प्रशासन आजित छ । प्रशासनले यस्ता गतिविधि नियन्त्रणको लागि पटक–पटक प्रहरीमा उजुरी गरेको भएपनि कुनै सुनुवाइ हुन नसकेको गुनासो गरेको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिम्सिनाले भने–‘प्रहरी आउछ, हेरेर जान्छ, प्रहरी गएपछि समस्या फेरि जस्ताको तस्तै । विद्यालय भन्दा ५ किलोमिटर टाढा प्रहरी चौकी बुधबारे छ । औंसी पुर्णिमामा पुग्ने प्रहरीले विद्यालयको सुरक्षा दिन नसक्ने उनले बताए । नजिकै प्रहरी पोष्ट स्थापना गर्न पनि उनले माग गरे । प्रहरीले सुरक्षा दिन नसकेपछि शान्तिनगरको राष्ट्रिय बिजय माविका शिक्षक आफै गस्ती गर्न थालेका छन् । शान्तिनगर– ६ मा रहेको यो बिद्यालयका शिक्षक पालैपालो बिद्यालयको सुरक्षामा खटिएका हुन् । केही महिना यतादेखि बिद्यालय परिसरमा असामाजिक गतिबिधि बडेपछि शिक्षकहरुले रात्री गस्ती शुरु गरेका हुन् । विद्यालयमा भइरहेको अमर्यादित क्रियाकलापका बारेमा विद्यालय प्रशासनले प्रहरीलाई लिखित रुपमै जानकारी नगराएको भने होइन । तर, प्रहरीले सुरक्षामा चासो नदेखाएपछि शिक्षकहरु आफैले गस्ती शुरु गरेको विद्यालयका प्रधानाध्यापाक तिम्सिनाले बताए । उनका अनुसार अहिले शिक्षकहरु विद्यालय सुरक्षार्थ पालो बाँधेर गस्ती गरिरहेका छन् । ‘केही महिनादेखि विद्यालयमा उच्छृङ्खल गतिविधि भइरहेको छ । उनले भने ‘यस्ता घटनाले बिद्यालय प्रशासन दुखी भएको छ ।’ गत साउन ३२ गते कार्यालय कक्षको ताला फोडिएको अवस्थामा शिक्षकहरुले भेट्टाए । त्यसलगत्तै बिद्यालय ब्यवस्थापन समितिको बैठक बसी सार्वजनिक एवं भौतिक सम्पतिको सुरक्षा प्रबन्धका लागि सम्बन्धित निकायलाई जानकारी गराउने निर्णय भएको र दोषीलाई कारवाही गर्न माग गरियो । तर, डेढ महिना बितिसक्दा पनि प्रहरीले ताल्चा फोड्ने समुहलाई पक्राउ गर्न सकेको छैन । एकपछि अर्काे अप्रिय घटना हुन थालेपछि बिद्यालय प्रशासनले सुरक्षाका लागि प्रहरीसँग पटक–पटक गुहार माग्यो । तर, प्रहरीले वास्ता नगरेको बिद्यालय प्रशासनको आरोप छ । केही दिन अघि मात्र बिद्यालयका कर्मचारीले बिद्यालय परिसरबाट एकजोडी युवा युवतीलाई आपत्तीजनक अवस्थामा नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । तर, सामान्य मिलापत्र गरी ती जोडीलाई छाडिएको छ । बिशेषगरी रातको समयमा बिद्यालय परिसरमा उच्छृङखल गतिविधि अझै रोकिएको छैन । यसले बिद्यालय प्रशासन चिन्तित भएको प्रअ तिम्सिनाले बताए । ‘रातको समयमा बिद्यालय फटाहाहरुको अखडा बनेको छ, उनले भने–‘यसले शैक्षिक वाताबरणमा खलल पुगेको छ ।’ प्रहरीले सुरक्षा दिन नमानेपछि बिद्यालयले अभिभावक, रानीतिक दलका प्रतिनिधि लगायत स्थानीयसँग सहयोग मागेको छ । ‘हामीले बिद्यालयको सुरक्षामा चिन्तित भइदिन सबैमा आग्रह गरेका छौ, उनले भने । दिनभर पढाइ सकेर रातको समयमा शिक्षकले गस्ती गर्न थालेपछि अभिभावकले पनि चासो देखाएको बिद्यालय प्रशासनले जनाएको छ । ‘शिक्षकको काम पढाउने हो–एक अभिभावकले भने तर के गर्नु रात्री गस्ती नगरी धरै छैन ।’ बुधबारे चौकीका असई धर्मदेब मण्डलले सो क्षेत्रमा रात्री गस्ती भइरहेको बताए । उनले भने–‘सधै त भ्याइदैन कहिले काँही जान्छौं ।’ बिद्यालयको कार्यालय कक्ष तोडफोड गर्ने समुहको खोजी भइरहेको उनले बताए । बिर्तामोड(ब्लाष्ट) कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको नया कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष युवराज संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष कुमारमणि पोखरेललाई निर्वाचन समिति संयोजक भवानीप्रसाद मैनालीले सपथ ग्रहण र प्रमाण पत्र प्रदान गरेका थिए भने अध्यक्ष पोखरेलले आफ्नो टिमका कार्यसमिति पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । कनकाई नगरका राजनीतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख र उद्योगी, व्यापारीहरुको उल्लेखनिय उपस्थितिले कार्यक्रमलाई उल्लासमय बनाएको थियो । उता चुनावमा अध्यक्ष पदमा उपविजेता बनेका लिलाप्रसाद चिमरिया र उनका केही समर्थक समुहले धाँधली गरेर चुनाव जितेको भनी पुन निर्वाचनको माग राख्दै जिल्ला प्रसाशन कार्यालय झापामा मुद्धा हालेका छन ।