धरान । भारतीय चर्चित रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् ।

रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद प्राप्त गरेकी छन्। रुबिना यसअघि टिभी सिरियलकी चर्चित अभिनेत्री थिइन्।

यस्तै राहुल वैद्य यो सिजनको बिग बोसको फस्ट रनर–अप भएका छन् । इन्डियन आइडलको पहिलो सिजनमा पनि उनी उत्कृष्ट तीनमा परेका थिए ।

बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए । त्यस्तै आसिम रियाज फर्स्ट रनर अप बनेका थिए ।