प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डे । प्रेमीप्रेमिका, श्रीमान् श्रीमतीबीच प्रेमको बलियो नवीकरण हुने दिवस । प्रेम जोडीहरुको विशेष दिन । सामान्यतया प्रेमजोडीहरु एकअर्का प्रति माया प्रेमले समर्पित हुन्छन नै तर यो विशेष दिनले एउटा उत्साह पक्कै पनि थप्छ । कुनै नयाँ योजना, भ्रमणमा हुनुहुन्छ भने यहाँहरुलाई प्रेम दिवसको हार्दिक शुभकामना । यहाँहरुको यात्रा सफल रहोस् । यदि घरमै मीठो, मसिनो बनाएर खाने र घरमै समय बिताउने योजना बनाउनु भएको छ । यतिबेलाकाे समय घर फर्किसक्नु भएकाे छ भने हामीले  केही प्रेम कथामा आधारित नेपाली चलचित्रहरु यहाँहरु सामु सिफारिस गरेका छौं । आउनुहोस् प्रेम र समर्पण र नेपाली चलचित्रको सम्मानमा आजको दिनलाई केही समय दिऔं । 

वसन्ती 

वसन्ती चलचित्र एक नेपाली कथानक चलचित्र हो । बसन्ती एक ऐतिहासिक प्रेम, रोमान्स र थ्रिलर मिश्रिमत चलचित्र हो । नेपाली चलचित्र क्षेत्रमा धेरै ठुलो इतिहास बोकेको यस चलचित्र नेपालका प्रख्यात उपन्यासकार डायमण्ड समशेर राणाले लेखेको उपन्यास बसन्तीमा आधारित । राणा कालमा रहेकी एक किशोरीको कहानीलाई यस चलचित्रमा उतारिएको छ। यस चलचित्रमा करिश्मा मानन्धर,राजेश हमाल,गौरी मल्ल आदिको मुख्य भूमिका रहेको छ।

मुनामदन

मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर सन् १८५९मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु। मुना मदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो।

मुना मदन एक कारुणिक काब्य हो जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्छ। मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई निकै पिडा हुन्छ। येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ। उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छ। उसले मदनको खुबै स्याहार गर्छ त्यस बेला मदनले भन्छ - छेत्रीकाे छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठूलो दिलले हुन्छ जातले हुदैन र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ।अनि आफू पनि मर्छ ।

नुमाफुङ

 परालको आगो

प्रेमपिण्ड

दर्पण छाया