धरान । ‘वाईवाई नेपाल स्टार’को फाइनलमा पुगेका धरानका सन्देश बमजन लामाले धरानको भानुचोकमा साङ्गीतिक प्रस्तुती दिएका छन् ।

आज मङ्गलबार भानुचोकमा आयोजीत कार्यक्रममा सन्देशले विभिन्न गीत प्रस्तुत गरे । राष्ट्रिय गान गुन्गुनाउँदै स्टेजमा उक्लिएका सन्देशले ‘यो मन त मेरो नेपाली हो’ लगायतका गीतहरु प्रस्तुत गरे । 

सन्देशको प्रस्तुतीमा दर्शकहरुले नाचेर साथ दिए । सन्देशलाई हौसला प्रदान गर्न कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, गायक शिव लामीछाने तथा धरानका विभिन्न वडाका जनप्रतिनिधिहरु समेत उपस्थित थिए । कार्यक्रम अगाडि धरानमा ¥याली प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा सन्देशलो आफुलाई गर्न आग्रह गरे । उनले भोटका लागि मोबाइलको म्यासेज बक्समा एनएस १३ टाइप गरी ३३००१ मा पठाउनु पर्ने वा नेपाल टेलिभिजनको मोबाईल एप्स डाउनलोड गरी भोट गर्न सकिने बताए ।