धरान/ मोडल हण्ट नेपालको छैठौं संस्करण सुरु भएको छ । 

नेक्स्ट मोडल्स नेपालले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै नयाँ सेसनका लागि आवेदन खुल्ला भएको जनाएको छ । मोडल हण्टमा १६ वर्षदेखि २८ वर्षसम्मका युवायुवती सहभागी हुन पाउनेछन् ।

युवाको हकमा कम्तीमा ५ फिट ६ इञ्च र युवतीको हकमा कम्तीमा ५ फुट २ इञ्च उचाइ हुनुपर्ने मापदण्ड राखिएको छ । नेक्स्ट मोडल्सले व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि प्रतियोगिता गर्दै आइरहेको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

पहिलो चरणको अडिसन माघ १० गते काठमाडौंमा हुँदै छ । प्रतियोगितामा छनौट भएकाहरूलाई मोडलिङसम्बन्धी व्यक्तित्व विकास, शारीरिक बनावट, हिँडाइ, आत्मविश्वास, आचरणलगायतबारे जानकारी दिइनेछ ।

विजेताले नगद एक लाख रुपैयाँसहित दक्षिण कोरियामा सञ्चालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।