ब्लाष्टखबर । नेकपा प्रदेश नम्बर १ संसदिय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना प्रदेश सभा सदस्यलाई निलम्बन गरेका छन् ।


केन्द्रीय तहको विवादले दुइ चिरा भएको नेकपाका प्रचण्ड–माधव समुहले ओली समुहका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । उक्त अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएको थियो ।


स्पस्टिकरण सोधिकाएकाहरू मध्ये प्रचण्ड–माधव समुहलेमुल्य मन्त्रीको रूपमा अघिसारेका  भीमप्रसाद आचार्यसहित १५ जनालाई तीन महिनाका लागि निलम्बन गरेको प्रमुख सचेकत वुध्दिकुमार राजभण्डारीले बताएका छन् ।


उनका अनुसार निलम्बन मा पर्नेहरूमा जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।


अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले भने मौखिक जवाफ दिएकाले कारवाही नगरिएको बताइएको छ ।


यता,   प्रचण्ड–माधव समुहलेले भने यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न प्रदेशसभाका ३६ सदस्यले उपेनता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए । पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाएकामा मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोधेपछि बिहीबार बिहान नै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाई   राईलाई संसदीय दलका नेताबाट हटाएर  भीम आचार्यलाई चयन गरेका छन् ।