ब्लाष्टखबर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
 
निवर्तमान मन्त्री इन्द्र आङ्बोकाे प्रस्तावना र लछुमन तिवारीकाे समर्थकमा नेकपा प्रचण्ड–नेपाल पक्षका ३७ संसद हस्ताक्षर गरि आज प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे हाे । 
 
३७ जना मध्ये दुई जना ओली समूहका प्रदेश सभा सदस्य रहेको बुझिएको छ । बसन्ती देवी यादव र कला घलेले ओली समूह छोडेर प्रचण्ड माधव समूह आएका हुन् ।
 
उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराएका थिए ।
 
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिदा नेकपाकाे ओली समुहमा २० जना र बाँकी प्रचण्ड–नेपाल समुहमा रहेका छन् । 
 
प्रदेशसभामा अन्य दलहरु नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ जना सदस्य छन् । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ । बहुमत सदस्य प्रचण्ड माधव समूहमा रहेको दाबी गरिएको छ ।
 
132769190_513035806329188_8944705187664123907_n 133041035_669537573741747_1387388105548345724_n 132533719_408209630296417_3384192338927392145_n 132415080_1506354349568852_1252498326756125670_n