धरान । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले मन्त्री पदबाट हटाएका छन् ।

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएकाे भन्दै मन्त्री आङ्बोलाइ हटाइएकाे हाे । पूर्वमाओवादी नेता आङ्बो प्रचण्ड–नेपाल समूहमा छन् ।

प्रचण्ड–नेपाल समूहले आइतबार राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकाे छ ।

आफुलाई मन्त्री पदबाट हटाइएपछि आङ्वोले फेसबुकमा मुख्यमन्त्रीलाई धन्यवाद दिंदै लेखेका छन्,  प्रदेस सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मा.मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद व्यक्त गर्दछु...'